आमिर खानका छोराको ओटीटी डेब्यु

काठमाडौं । ओटीटी प्लाटफर्म नेटफ्लिक्समा आमिर खानका छोरा जुनैद खानको डेब्यु फिल्म ‘महाराज’को विवाद कम हुने संकेत देखिएको छैन । प्रहरीमा उजुरी दर्ता भएको छ भने गुजरातको बडोदराका बासिन्दाले फिल्मविरुद्ध विरोध र्‍याली निकालेका छन् ।

फिल्मले भगवान् श्रीकृष्णका भक्त र बल्लभाचार्य पन्तका बासिन्दालाई चोट पुर्‍याएको उनीहरुको आरोप छ । फिल्मलाई लिएर भारतलगायत धेरै देशमा रहेका वैष्णव समुदायले विरोध गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ओटीटी प्लाटफर्मलाई सरकारको नियन्त्रणमा ल्याउन माग गर्दै बडोदराका प्रदर्शनकारीले जिल्ला कलेक्टरलाई निवेदन दिएका छन् भने फिल्म ‘महाराज’लाई प्रतिबन्ध लगाउन माग गरेका छन् ।

‘महाराज’ गत जुन १४ मा रिलिज हुने तय थियो तर सामाजिक सञ्जालमा बहिष्कारको माग उठेपछि मुद्दा अदालतसम्म पुगेको हो । मुद्दा सुनुवाइका क्रममा छ ।

छुटाउनुभयो कि ?

TOP