काठमाडौँ । “गाजलु नयन” बोलको गीत मिति २०८१ जेठ २५ गते साँझ रिलिज भएको छ।
यस लोक गीत एक भब्य कार्यक्रमका बीचमा सोलु दूधकुण्ड नगरपालिकाको वडा नं ५ सल्लेरीको कृषि बिकास बैंकको प्राङ्गणको सडक बीचमा गायक दाउद राईको प्रत्यक्ष प्रस्तुति र सोलु दूधकुण्ड नगरपालिकाको उपमेयर गान्धिमाया तामाङको प्रमुख अतिथ्यतामा उद्योग बाणिज्य माहासंघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठ लगाएत सम्पुर्ण सल्लेरी बासी आम जनमानिसका बीच उपमेयर द्वारा यस गीतको रिलिज गरिएको छ।
पस्पति दाहालको प्रस्तुतिमा रमेश कुमार बस्नेतको शब्द साथै दाउद राई र ममता गुरुङको स्वर र दाउद राईकै संगीतमा रहेको यस लोक आधुनिक गीतमा सुरेश कोलि/स्मारीका ढकाल,पुनम श्रेष्ठ/रोहन खत्रीको अभिनय रहेको छ ।
दर्जनौ भिडियोमा निर्देशन गरिसकेका गायक तथा निर्देशक दाउद राईले “गाजलु नयन” बोलको गीत पनि निर्देशन गरेका हुन् ।
पुनम श्रेष्ठको कोरियोग्राफि र युवा सिनेमटोग्राफर रामचन्द्र राईको छायाँकन रहेको यस गीतमा मेकअप आर्टिसमा सुबास तिमल्सिना र प्रो. म्यानेजर रबिन तमाङ रहेका छन् ।
सो गीत डिआर प्रोड्कसनको अफिसियल युटुब च्यानलमा रिलिज भएको छ।
रिलिजको क्रममा गायक दाउद राईले अन्य गीतहरु सुनाई कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो भने चर्चित भिडियो एडिटर दिनसन शाहको पनि उपस्तिथि रहेको थियो।
कार्यक्रम प्राविधिमा महेश खालिङ र लालमान श्रेष्ठको सहयोग रहेको छ ।