सिड्नीमा कार्यक्रम गर्दै महजोडी

सिड्नी । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षपछि अस्ट्रेलियाको सिड्नी आउने भएका छन् । आगामी २ जुनमा सिड्नीको स्टेट थिएटरमा हुने ‘महजात्रा’मा उनीहरुले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

मार्कक्यू होम्स र एभरेस्ट ट्राभलमको आयोजना हुने कार्यक्रमको व्यवस्थापन इभेन्ट कम्पनी ड्रिम हाइट्सले गर्नेछ ।

महजोडीको साथमा गायिका कुन्ती मोक्तान, कलाकारहरु नरेन्द्र कंसाकार र किरण केसी ‘रातामकै’ले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ ।

 

छुटाउनुभयो कि ?

TOP