Advertisement

मिस नेपालको अडिसन सम्पन्न

काठमाडौं । मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न भएको छ । शनिबार ललितपुरको हिमालय होटलमा १२६ सुन्दरीले अडिसन दिए ।

यसअघि सातै प्रदेशका प्रमुख सहर पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा क्षेत्रीय अडिसन भैसकेको छ । काठमाडौंसहित देशब्यापी डेढसय सुन्दरीले अडिसनमा भाग लिएको हिडन ट्रेजरले जनाएको छ ।

यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । यसवर्ष मिस नेपाल आयोजनाको ३० औं वर्षगाँठ पनि मनाउने कार्यक्रम छ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।

छुटाउनुभयो कि ?

TOP