माइतीघरका माग्ने बुढा

काठमाडौँ । धमाधम छायांकन भइरहेको फिल्म माइतीघरको सेटबाट कलाकार केदार घिमिरे (माग्ने बुढा) को लुक्स बाहिरिएको छ।
सार्वजनिक लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेका छन्।

झट्ट हेर्दा उनी गाउँको मुखिया लाग्छन्। मिलन तामाङको निर्देशनमा निर्माणाधीन फिल्म तामाङ संकृतिको सेरोफेरोमा छ। फिल्मको हाल म्याग्दीको ताकम गाउँमा छायांकन भइरहेको छ। फिल्मको छायांकन २० दिनसम्म ताकम गाउँ र बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा गरिनेछ।

केदार घिमिरेका साथमा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरिरहेको फिल्म सुशन प्रजापतिले छायांकन गरिरहेका छन्।

रोहित अधिकारी फिल्म्स्को ब्यानरमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङले निर्माण गरिरहेको फिल्म दशैँको फूलपातिमा रिलिज गरिने भएको छ।

छुटाउनुभयो कि ?

TOP