काठमाडौँ । आठौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ राजधानीमा सम्पन्न भएको छ।
पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न कार्यक्रममा आँखाको नुर बोलको गीतबाट गायिका मिलन नेवारलाई सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड प्रदान गरिएको छ।
त्यसैगरी सिमा थापालाई दोहोरी गायिका, रामप्रसाद अवस्थीलाई राष्ट्रिय भाव, गीता सापकोटा हुमागाईंलाई गजल, जिएम दिपु दिपेन्द्रलाई आधुनिक गीतकार, लिला राज काम्वाङलाई लोक-पप गीतकार, राजनराज शिवाकोटीलाई लोक-आधुनिक संगीतकार, सौगातजंग थापालाई आधुनिक गायक, शोभा पाण्डेलाई लोकपप गायन, साईराज खाती र मुना ठटाललाई युगल गायन, निश्चल दवाडी दोहोरी शब्द, शान्त शिशिरलाई दोहोरी लय, हेमन्त कान्छा रसाईलीलाई दोहोरी गायक, रोहन पौड्याललाई नव गीतकार, सन्तोष कुमार तामाङलाई नवगायक, निरुता राई नवगायिका, प्रकाश मिश्रलाई ध्वनि मिश्रण, रिदम कँडेललाई एरेन्जर, प्रकाश धिताललाई भिडियो निर्देशक र पुनम श्रेष्ठलाई कोरियोग्राफरको अवार्ड प्रदान गरियो।
मनोरञ्जक प्रस्तुतिका साथ अघि बढाइएको कार्यक्रममा उत्सव दाहाललाई छायाँकार, राजेश कुमारलाई सम्पादक, एलपी शर्मा र पवित्रा शाखीलाई आधुनिक मोडल, सुधिर श्रेष्ठ र सुजिना गोलेलाई दोहोरी मोडल, कुन्दन गुप्ता र निरुता बिष्टलाई नवमोडल, भाषाभाषीतर्फ सुरजवीर बज्राचार्यलाई नेपाल भाषा गीतकार, सानुबाबु महर्जनलाई नेपाल भाषा संगीतकार, राजकुमार मानन्धरलाई नेपाल भाषा गायन, सुदित श्रेष्ठलाई नेपाल भाषा मोडलिङ, दर्शनवीर शाक्यलाई नेपाल भाषा निर्देशन, विरेन्द्र झालाई मैथली गीत, सन्जोक योन्जनलाई तामाङ सेलो, पुनित कुमार बंशललाई भाषाभाषी गीत, भाकातर्फ सुजता केसीलाई काठे गीत र महेश कुमार औजीलाई देउडा गीतको अवार्ड प्रदान गरिएको छ।
कार्यक्रममा प्रतीक्षा लिम्बुलाई डायस्पोरा अवार्ड, सुभद्रा श्रेष्ठलाई दोहोरी गायन, मेनुका थापालाई राष्ट्रिय भाव जुरी अवार्ड, डि.पी खनाललाई लोक÷पप गीतकार जुरी अवार्ड, निता आचार्यलाई डायस्पोरा गायिका, द्रोण पराजुलीलाई लोक÷आधुनिक संगीतकार इन्करेजमेन्ट अवार्ड, अर्जुन खरेललाई लोक÷पप गायन जुरी अवार्ड, किस्ना आचार्य (रोशनी) लाई दोहोरी शब्द पब्लिक च्वाइस अवार्ड र अस्मिता पुरीलाई दोहोरी मोडल जुरी अवार्ड प्रदान गरिएको छ।
कार्यक्रममा संगीत रजत सम्मानबाट संगीतकार शुरेश अधिकारीलाई सम्मानित गरिएको छ भने संगीत पत्रकारिता पुरस्कार करिश्मा केसीलाइ प्रदान गरिएको छ। त्यस्तै कलाकार उत्तम केसी, सञ्चारकमी राज श्रेष्ठ, संगीतकार केशव पौडेल, लोक गायक शुशील ज्ञवाली, गायिका अनिता कुँवर, गीतकार तथा पर्वतारोही पुरुषोत्तम सानु र युवा उद्यमी सुरेश कार्कीलाई आ–आप्mनो क्षेत्रमा योगदान पु¥याएवापत् सम्मानित गरिएको छ।