वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई जापानमा लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रमको दोस्रो संस्करण जापानमा सम्पन्न भएको छ । समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरिएको छ ।

राजधानी टोकियोमा आयोजित समारोहमा २६ विधामा अवार्ड समेत प्रदान गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार संघका अध्यक्ष चेतन सापकोटा लगायत समारोहमा सहभागी थिए । कार्यक्रममा संगीतकार बास्कोटालाई ७१ हजार १०१ रुपैयाँ राशिसहित दीर्घ साधना सम्मान प्रदान गरियो ।

समारोहमा गायक-गायिकाहरु अञ्जु पन्त, कमल खत्री, स्मिता दाहालसहित नृत्य निर्देशक गजित विष्टलाई अवार्ड प्रदान गरियो ।  नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र जापानमा लामो समय रहेर पेशा-व्यवसाय गर्दै आएका नेपाली समुदायलाई आफ्नो भाषा, साहित्य, कला संस्कृतिसँग जोड्न यो कार्यक्रम आयोजना गरेको आयोजक सनराइज कम्पनी अध्यक्ष कर्साङ तामाङले बताए ।

छुटाउनुभयो कि ?

TOP