महेशमान सिंह नेपाली कांग्रेस विपीको उपाध्यक्ष हुनुहुन्छ । उहाँको एकसाथ हुर्किएको दुईवटा परिचय छ- व्यवसायी र राजनीतिज्ञ । ६५ बसन्त भोगेका महेशमानले आफैलाई फर्केर हेर्ने प्रयास गर्नुभएको छ । मिडिया दैनिकसँग उहाँले गर्नुभएको कुराकानीको सम्पादित अंश उहाँकै शैलीमा प्रस्तुत गरिएको छ ।
==============================================
बाल्यकालको महेशमान
आफ्नो बाल्यकालको वास्तविक रमाइलो समय सम्झनामा रहदैन । एकदुई वर्षदेखि ५–६ वर्षसम्मको समय अरुको बाल्यकाल हेर्दा पनि लाग्छ सबैभन्दा आनन्दका क्षणहरु हुन् । कुनै पीरहरु नभएको समय । कुनै जिम्मेवारीहरु नभएको समय । माया नै माया पाइने समय । तीनै दिनहरु सम्झनामा नरहनु मान्छेको दुर्भाग्य हो जस्तो लाग्छ । छिपिदै गरेको बाल्यकालको सम्झना भने बुढेशकालसम्म रहन्छ । मेरो पनि त्यही बाल्यकालका सम्झनाहरु ताजा छन् । त्यो समयका अनुभूतिहरु शब्दमा व्यक्त गर्ने सकिँदैन । सकिन्छ त केबल अनुभूति गर्न । सिर्फ अनुभूति । तर अहिले पनि ती बाल्यकालका सम्झनाहरुमा फर्किदा अनौठो ऊर्जा प्राप्त भएजस्तो हुन्छ ।
अरुको बाल्यकाल हेर्दा पनि लाग्छ सबैभन्दा आनन्दका क्षणहरु हुन् । कुनै पीरहरु नभएको समय । कुनै जिम्मेवारीहरु नभएको समय । माया नै माया पाइने समय । तीनै दिनहरु सम्झनामा नरहनु मान्छेको दुर्भाग्य हो जस्तो लाग्छ । छिपिदै गरेको बाल्यकालको सम्झना भने बुढेशकालसम्म रहन्छ ।
मेरो जन्म ठमेलमा भएको हो । ठमेल पनि एउटा गाउँजस्तै थियो । एकदुईजना विदेशी पर्यटक आउँदा बुढापाकाहरुले ‘यी पाताललोकका मान्छे’ भन्थे । बाटामै नुहाउने, बाटामै कपडा धुने, बाटामै धान, मकै सुकाउँथे । मेरो बाल्यकाल तिनै ठमेलका चोक र गल्लीहरुमा खेल्दै वित्यो । केटाकेटीका आ–आफ्नै ग्रुप हुन्थ्यो । अहिलेजस्तो मोवाइल, इन्टरनेट, टिभी थिएन । हामी लप्सीको गेडाको गुच्चा खेल्थ्यौँ । चुरोटको बट्टाको तास खेल्थ्यौँ । डन्डिवियो, कबड्डी पनि हाम्रो समयको खेल हो । भोगटेको फुटबल पनि खुब खेलियो । वास्तवमा बाल्यकाल निकै रमाइलो थियो । पढ्दै, खेल्दै, चोक–गल्लीहरु घुम्दै मेरो बाल्यकाल निकै रमाइलोमा वित्यो । अहिलेका केटाकेटीहरुसँग हामी केटाकेटी हुँदाको अनुभम मिल्दैन ।
अब जति रमाइलो भए पनि बाल्यकालको उमेर फर्किदैन, तर सम्झनामा भने फर्किन सकिन्छ ।
अहिलेको ठमेलमा मैले बाल्यकाल विताएको ठमेल छैन । ठमेलको पूरै स्वरुप फेरिएको छ । त्यो बेला ठमेल सालिन र भद्र थियो । शान्त र सुशिल थियो । अहिले ठमेल नक्कली भएको छ । भिड, कोलाहल र व्यस्त छ । पहाड र हिमाली क्षेत्रमा जन्मेकाहरुको बाल्यकालको गाउँघर उस्तै उस्तै लाग्छ होला । किनभने गाउँमा परिवर्तन सुस्तरी सुस्तरी छ तर सहर छिटै फेरियो । खुल्ला ठाउँहरु घरैघरले भरिए । संग्लो पानि बग्ने विष्णुमति र बागमति फोहोर दुर्गन्धले भरिएका छन् ।
अहिलेको ठमेलमा मैले बाल्यकाल विताएको ठमेल छैन । ठमेलको पूरै स्वरुप फेरिएको छ । त्यो बेला ठमेल सालिन र भद्र थियो । शान्त र सुशिल थियो । अहिले ठमेल नक्कली भएको छ । भिड, कोलाहल र व्यस्त छ ।
मेरो पठनपाठनको सुरुवात धोबीचौरको बालविकास निमाविमाबाट भयो । त्यसपछि लैनचौरको मोडेल प्राइमरी स्कुलमा पढियो । एक वर्ष कक्षा ७ मा दरबार हाइस्कुल पढेँ । ८, ९ र १० जुद्धोदय माविमा पढेँ
।
राजनीतिमा महेशमान
विपी कोइराला र गणेशमान सिंह मेलमिलापको नीति लिएर नेपाल फर्कदैछन् भन्ने सुनेपछि म पनि एयरपोर्ट पुगेको थिएँ । एयरपोर्टमा निकै ठूलो भिड थियो । मैले को गणेशमान हो को विपी भनेर चिनेको थिइनँ । पछि म गणेशमानको घरमा जान आउन थालेँ । यहीबाट मेरो राजनीतिक यात्रा सुरु भयो । गणेशमानको प्रभावले म निरन्तर राजनीतिमा लागेँ । विपी नेपालमा आएपछि विभिन्न मुद्दा लागाउने काम भयो । विपी त्यो बेला चाबहिल बस्नुहुन्थ्यो । कहिलेकहीँ विपी निवासमा पनि जाने गर्थे । गणेशमानको घरमा भने निरन्तर जान्थे । विहान उठेर गणेशमानको घरमा जानु, त्यसपछि खाना खान घर आउनु, फेरी नेविसंघको कार्यालय भेडासिं जानु, यो दैनिकी जस्तै भइसकेको थियो । साँझपख नेविसंघको केन्द्रीय कार्यालय जमल गइन्थ्यो । जमलबाट फर्कदा बेलुकी न्युरोडको पिपलबोट जान्थें । पिपलबोट राजनीतिक बहस गर्ने थलोजस्तो थियो । उठेदेखि नसुतेसम्म राजनीतिको नसा लागिसकेको थियो । म एसएलसी पास भएपछि सरस्वति क्याम्पसमा भर्ना भएँ । क्याम्पसको यात्रासँगै मेरो राजनीतिक यात्रा कार्यकर्ताबाट नेतामा फेरिइसकेको थियो । म त्यतिबेला नेविसंघको काठमाडौं जिल्लाको उपाध्यक्ष र सरस्वति क्याम्पसको इकाइ सभापति थिएँ । म सभापति हुँदा विभिन्न अतिरिक्त क्रियाकलाप पनि गर्थे । म महंका खलको सदस्य, नाका साहित्य पुछको सभापति पनि थिएँ ।म राजनीतिमा पूर्णकालिन थिएँ । मैले राजनीति बाहेक अरु कुरा सोचेको पनि थिइनँ । त्यो समयका सबै आन्दोलनहरुमा मेरो सक्रिय रुपमा सहभागिता रह्यो ।
म विद्यार्थी नेता हुँदा एउटा अस्कल काण्ड घट्यो । अस्कल काण्ड भनेको २०३५ सालतिर विद्यार्थी आन्दोलन भएको थियो । नेताहरुले अन्चलाधिससँग मिलेर आन्दोलन तुहायो भन्ने आरोपमा त्यो काण्ड घटेको थियो । त्यो बेलाका विद्यार्थी नेताहरुलाई गाडामा राखेर कालो मोसो दलेर न्युरोडसम्म पु¥याइएको थियो । म नेताहरुको सुरक्षामा खटिनेमध्य एक थिएँ । मान्छेहरु आएर नेताहरुलाई जुत्ताले हिर्काउने, पिट्न खोज्ने गर्थे । हामी जोगाउन खोज्थ्यौं । यो एउटा राजनीतिक जीवनमा विर्सनै नसकिने घटना हो ।
अर्को २०३६ सालमा राजाले जनमत संग्रहको घोषणा गर्यो । त्यो बेला म गणेशमानसँग पाल्पा, पोखरा, लुम्बिनी, बुटवल, भैरहवा १०–१२ दिनको राजनीतिक यात्रामासँगै जाने अबसर मिल्यो । त्यो मेरा लागि निकै महत्वपूर्ण अवसर थियो । थुर्पै नेताहरुसँग राजनीतिक सहकार्य गरेँ ।
म संगठन निर्माणको काममा काठमाडौं वरिपरीका सबै क्षेत्रमा पुगेको छु । त्यो बेला कांग्रेस–कम्यनिस्ट भन्ने थिएन । सबै पन्च थिए । को जोगमेयर श्रेष्ठ र को दामोदर शमशेरको मान्छे भन्ने हुन्थ्यो । जनमत संग्रहपछि जनतामा ठूलो राजनीतिक जागरण आयो । जनमत संग्रहबाट पुन सत्ता राजाको हातमा गयो । तर कांग्रेसले निरन्तर राजाको शासन विरुद्ध आवाज उठाइरह्यो । पछि माओवादी र सात राजनीतिक दलको संयुक्त आन्दोलनबाट नेपालमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्र आयो ।
म भने संवैधानिक राजा, बहुदल र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य हुनुपर्छ भन्ने मान्यता आज पनि दृढ छु । यो राष्ट्रिय पहिचानका दृष्टिकोणबा पनि आवश्यक छ । मुस्लिम राष्ट्र, क्रिस्चियन राष्ट्र धेरै छन्, त्यसैगरी नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि संवैधानिक राजतन्त्रसहितको हिन्दु राष्ट्र चाहिन्छ । नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट च्युत भएर गणन्त्रतिर हिड्यो । माओवादीको सिद्धान्तलाई अंगालो मारेर हिड्यो । म जस्ता थुप्रै साथिहरुलाई त्यो कुरा मन परेन र हामीले नेपाली कांग्रेस विपी भनेर नयाँ पार्टी बनायौं । म अहिले पनि त्यही पार्टीमा छु । हाल म यो पार्टीको केन्द्रीय उपाध्यक्ष छु ।
पुस्तकमा महेशमान
म बच्चैदेखि धार्मिक प्रकृतिको मान्छे हुँ । म बाल्यकालमै पनि बुद्ध धर्मको विपस्यना ध्यानका लागि स्वंम्भु जान्थेँ । त्यो बेला मैले दुई महिना ध्यान गरेँ । मेरो गुरु भिक्षु अमृतानन्द हुनुहुन्थ्यो । उहाँबाट पनि मैले धेरै शिक्षा लिएँ । बुद्ध धर्मको ग्रन्थ त्रिपिटक, तत्कालीन कविर कुमार, महासोतराज, सिंगसार्थबाहु, सिद्धार्थ गौतम, बुद्धका जीवनी, जातक कथा आदि अध्ययन गरेँ । हिन्दुधर्ममा मैले चार वेद अध्ययन गरेँ । १२ वटा जति उपनिषद अध्ययन गरियो । १८ पुराणमा सबै अध्ययन गरियो । १८ उपपुराणमा दुईवटा अध्ययन गरेँ– देवी भागवत र गणेश । त्यसैगरी महाभारत तीन पटक पढेको छु । जैमिनी भारत पनि तीन पटक पढेँ । गीता त हजारौं पटक पाठ गरियो होला । मैले सबैभन्दा धेरै पढेकै गीता हो । मैले बाइबल, कुरानको पनि अध्ययन गरेको छु । मैलै कार्ल मार्क्सको पुँजी पनि अध्ययन गरेको छु । अर्को एंगेल्सको द्वन्द्वात्मक भौतिकवाद भन्ने पुस्तक पनि अध्ययन गरेँ । मार्क्सवदका यी दुई पुस्तक अध्ययन गरेपछि मलाई के लाग्यो भने मार्क्सवदले भनेको कुरा व्यवहारमा लागु गर्न सकिँदैन । त्यसपछि नेपाली कांग्रेसमा लागेको हुँ । मैले राजनीतिमा सक्रिय हुनु अगाडि नै ती पुस्तकहरु पढिसेको थिएँ ।
बुद्ध धर्मको ग्रन्थ त्रिपिटक, तत्कालीन कविर कुमार, महासोतराज, सिंगसार्थबाहु, सिद्धार्थ गौतम, बुद्धका जीवनी, जातक कथा आदि अध्ययन गरेँ । हिन्दुधर्ममा मैले चार वेद अध्ययन गरेँ । १२ वटा जति उपनिषद अध्ययन गरियो । १८ पुराणमा सबै अध्ययन गरियो । १८ उपपुराणमा दुईवटा अध्ययन गरेँ– देवी भागवत र गणेश । त्यसैगरी महाभारत तीन पटक पढेको छु । जैमिनी भारत पनि तीन पटक पढेँ । गीता त हजारौं पटक पाठ गरियो होला ।
मेरो विचारमा हिन्दु, बाइबल, कुरान जीवित ग्रन्थहरु हुन । यी निबन्ध, कथा जस्तो होइनन् । जीवन ग्रन्थ बुझ्न जीवित मान्छे चाहिन्छ । होस्मा भएको मान्छे चाहिन्छ । आजभोलीका मान्छेहरु वेहोस्मा छन् । ती जीवित ग्रन्थहरु बुझ्न सक्दैनन् ।
व्यवसायमा महेशमान
राजनीतिकबाट व्यवसायमा आउनुको पछाडि एउटा घटना महत्वपूर्ण छ । म चाबहिल जाँदा पनि हिडेर, फर्कदा पनि हिडेर आउजाउ गर्थे । एक रुपैया बस भाडा नहुने अवस्थामा पनि मैले राजनीति छोडिनँ । तर एकाएक मेरो राजनीतिमा नयाँ मोड आयो । नेविसंघको केन्द्रीय अधिवेशन गौशलामा हुँदैथियो । काठमाडौं जिल्ला अभिवेशनको पनि तयारी थियो । ‘केन्द्रीय अधिवेशनलाई गारो हुन्छ अहिलेलाई जिल्ला अधिवेशन रोक्दिनु‘ भनेर गिरिजा दाजुले खबर गर्नुभयो । मैले सबै तयारी र प्रचार भइसक्यो अब रोक्न सकिन्न भनेँ । मैले जबरजस्ती जिल्ला अधिवेशन गरेँ । अधिवेशन स्थलमा प्रहरी आएर हामी सबैलाई समातेर हनुमान ढोका लग्यो । त्यो घटनापछि मलाई सबैतिर राजनीतिक रुपमा बाहेस गरियो । त्यसपछि एउटा काममा लाग्नुपर्छ भन्ने भयो । व्यवसायमा लाग्न पैसा थिएन । पैसा नलाग्ने व्यसाय गर्नुपर्ने भयो । त्योबेला ठमेलमा अलिअलि पर्यटक आउँथ्यो । आफ्नै घरमा कार्गो व्यवसाय सुरु गरेँ । कार्गे व्यवसायबाट अलिअलि कमाए पछि मैले टुरिस्टहरुका लागि चाहिने पुराना पुस्तक पसल खोलेँ । त्यस्ता पुस्तक हामी ३३ प्रतिशतमा किन्थ्यौं र ६० प्रतिशतमा बेच्थ्यौं । त्यसरी दोब्बर नाफा रहन्थ्यो । मैले किताब पसलबाट कमाएको पैसाले अर्को किताब पसल खोलेँ । त्यसपछि गार्मेन्ट खोलेँ । कपडा पसल खोलेँ । मैले कार्गो पसल भएकाले एक्सपोर्ट इम्पोर्टको काम पनि आफै गर्न थालेँ । टुरिस्ट व्यवसायलाई आयकर र भन्सार छुट थियो । पछि भन्सार कर १–२ प्रतिशत लगायो तर आयकर पुरै छुट नै दियो ।
मैले व्यवासायको सुरुवात ड्रागन कार्गेबाट गरेको थिएँ । व्यवसायमा लागे पनि म राजनीतिमा सक्रिय थिएँ । व्यवसायमा लाग्दा पनि मेरो राजनीतिप्रतिको मोह भंग हुन सकेन । त्यो बेला सबै व्यवसाय राम्रो थियो । अहिलेजस्तो व्यवसायमा चुनौति थिएन । ९९ प्रतिशत व्यवसाय नाफा मै थियो । टुरिज्म व्यवसाय, कितावको व्यवसाय, गार्मेन्टको व्यवसाय सबै राम्रो थियो । पछि नियम परिवर्तन भएर भन्सार छुट खारेज गरिदियो । त्यसपछि अन्य व्यवसायमा भएकाहरु पनि टुरिज्म व्यवसायमा प्रवेश गरे र टुरिज्म व्यवसायमा थम जटिल र प्रतिस्पर्धा बढ्दै गयो । अर्को कारण अन्तर्राष्ट्रिय रुपमा भएको आर्थिक संकट, युद्ध आदिका कारण पनि व्यवसाय खस्कदै आजको अवस्था आएको हो ।
प्रेम र विवाहमा महेशमान
म प्रेमको पछि कहिल्यै लागिन । म क्साम्पसको नेविसंघको सभापति भएकाले धेरै केटीहरु झुमिन्थे । कसैले दुध, खाजा खुवाउथेँ । टेबलटेनिस खेल्दा पनि एकदुई जना केटीहरु पछि लाग्थे । तर मैले उनीहरुलाई कहिल्यै प्रेमको नजरबाट हेरिनँ । मेरो पुरै ध्यान राजनीतिमा थियो । मेरो प्रेम नै राजनीतिसँग भयो । मेरो मागी विवाह भएको हो । एउटा छोरा र एउटी छोरी छ । नातिनातिनाहरु पनि भइसकेका छन् ।
मेरो प्रेममा अनुभव नभए पनि विवाह पछिको गृहस्तीमा अनुभव छ । केटा र केटीको सोच्ने तरिका नै भिन्न हुन्छ । करेन्टको नेगेटिभ र पोजेटिभ तारजस्तो । मिल्यो भने बत्ती बल्छ, मिलेन भने म्लिक म्लिक गर्छ । महिलामा चिच्याउने, कराउने, रिसाउने गुण हुन्छ । त्यस्तो बेलामा सम्झाउने गर्नुपर्छ । सम्झाउँदा भएन भने एकछिन बाहिर जाने र श्रीमती कुल भएपछि आउँदा सबै कुरा ठिक हुन्छ ।
केटा र केटीको सोच्ने तरिका नै भिन्न हुन्छ । करेन्टको नेगेटिभ र पोजेटिभ तारजस्तो । मिल्यो भने बत्ती बल्छ, मिलेन भने म्लिक म्लिक गर्छ । महिलामा चिच्याउने, कराउने, रिसाउने गुण हुन्छ । त्यस्तो बेलामा सम्झाउने गर्नुपर्छ । सम्झाउँदा भएन भने एकछिन बाहिर जाने र श्रीमती कुल भएपछि आउँदा सबै कुरा ठिक हुन्छ ।
घर झगडाको मुख्य दोषी केटा मान्छे नै हो । केटा मान्छे घरगृहस्तीमा काविल हुँदैनन् । तर घर गृहस्ती केटाहरुलाई नै चाहिन्छ । घरका लागि, परिवारका लागि समय कम दिने पुरुषहरुले नै हो । यही घरझगडाको मुख्य कारण हो । राजनीतिमा लाग्नेहरुको घरझगडा अझ धेरै हुन्छ । कमाउने तिर नलागेर जतिबेला पनि राजनीतिमा कुदेपछि घरमा श्रीमतीले कचकच गर्नु स्वाभाविक कुरा हो । अरुले घर बनाइसक्यो, जग्गा किनिसक्यो, हामीले कहिले गर्ने ? हामीले पनि प्रयास गर्नुपर्यो भन्ने कुरा नराम्रो होइन । म त व्यापारमा लागेकाले घरमा समय दिनै भ्याउदिन थेँ । श्रीमतीले छोराछोरी हुर्काउने काममा तपाईले पनि सहयोग गर्नुपर्यो भन्थिन । कहिलेकहीँ त्यस्तैमा झगडा पथ्र्यो । त्यस्तो अवस्थामा श्रीमानले नै नम्र भएर प्रस्तुत हुनुपर्छ भन्ने मेरो अनुभव छ ।
अहिलेको जेनेरेसनमा सम्बन्धहरु धेरै विग्रिएको देख्छु । तर अहिले प्रेम कम आकर्षण बढी छ । त्यसो हुँदा झगडा, बेमेला बढी छ । वास्तवमा प्रेम भएपछि आफूले मन पराएको मान्छेले गाली गरेको पनि राम्रो लाग्छ । मन नमिल्नेसँग सानो विवाद पनि ठूलो बन्छ ।
जीवन दर्शन
मेरो सोचाइमा जिन्दगी भनेको खासमा केही पनि रैनछ । एउटा मान्छे वेहोसमै जन्मन्छ । बाल्यकाल बेहोस मै वित्छ । वेहोसमै पढ्छ । बेहोसमै खेल्छ । जन्मेदेखि नमरुन्जेल होसमा नआउने मान्छेलाई होसबेहोस के हो भन्ने पनि थाहा हुँदैन । वास्तवमा जीवनमा भनेको छायाँ हो । ईश्वरको छायाँ । ईश्वर आफैभित्र हुन्छ, त्यो बाहिर खोजेर पाइदैन । जुन दिन आफूभित्र भएको ईश्वर चिन्छन्, त्यो दिन मान्छे होसमा आउँछ । तर हामी सबै बेहोसमै छौं, यसमै रमाउ, खुसी हौं । तर जीवनको लक्ष्य त्यो होइन । जीवन लक्ष्य त बेहोसबाट होसमा आउनु हो । अज्ञानताबाट ज्ञानतिर आउनु हो । बुद्धत्व प्राप्त गर्नु हो । जीवनको वास्तविकता ध्यानबाट प्राप्त हुन्छ, पुँजा, पाठ, वर्तले प्राप्त हुँदैन । ध्यान भनेको आँखा चिम्लेर बस्नु मात्रै होइन । वास्तवमा ध्यान भनेको एकाग्रता हो । जुन काम गरिरहुन भएको छ, त्यसैमा एकाग्रता हुनु नै ध्यान हो ।