२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का नवनिर्मित भवन उद्घाटन कार्यक्रम सप्पन्न भएको छ।
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा काठमाडौंका पुर्व मेयर विद्यासुन्दर शाक्य लगाएत अन्य वडाका जनप्रतिनिधिहरु लगाएत स्थानीय बासीको बाग्लो उपस्थिति रहेको थियो।
पुर्व अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको कार्यकालमै निर्माण कार्य सुरु भएका वडा कार्यलय हाल कार्यबाहक वडा अध्यक्ष पुष महर्जनको पालमा सम्पन्न भएको छ।
स्वर्गीय रिजालको पुर्णकद शालिक अनावरण समेत गरिएको यस कार्यक्रममा स्वर्गीय रिजालको सालिकलाई मालाअर्पण गर्दै प्रमुख अतिथि सुनिता डंगोलले भन्नू भयो : स्वर्गीय रिजालको सपना पूरा गर्न हामी सबैले अग्रणी भुमिका खेल्नु पर्छ र उहाँले दिनुभएको योगदान लाई कदर गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्द्छु।
केही बेर अलि तनाव पूर्ण जस्तो देखिएको कार्यक्रममा नव निर्मित भवनको शिलालेखमा पुर्व अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको नाम नभएका कारण उक्त शिलालेख रिजालका समर्थकले हटाएका थिए।
उक्त घटना प्रती दुख व्यक्त गर्दै कार्यवाहक अध्यक्ष पुष्प महर्जनले शिलालेखमा अन्जानमा त्रुटि भएकाले सुधार गरिने बताउनु भयो।
तत्कालीन अध्यक्ष मुकुन्द रिजालको गत बर्ष असमाहिक निधन भएको थियो ।
पहिले सोह्रखुट्टेमा रहेको वडा कार्यलय हाल आफ्नै भवन चमतिमा सरेको छ।