नेपालगन्ज मेडीकल कलेजले बिरामीलाई गम्भीर त्रुटि गरेको आरोप : ने क पा

आज नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको ने क पाले बाँके जिल्लाको नेपालगन्ज मेडिकल कलेज शीक्षण अस्पताल कोहलपुरलाई विभिन्न माग राख्दै ज्ञापन पत्र पेश गरेको छ । ने क पा इन्चार्ज दीपक को नेतृत्व गयको समुहले विभिन्न माग राख्दै ज्ञापन पत्र पेश गरेको हो । उक्त मेडिकल कलेजमा अधिकाङ्स बिरामिको दुई पटक तीन पटक र कतीपयको ४ पटक सम्म अप्रेसन गर्नुपरेका घटना प्रती गम्भीर ध्यान आकर्षक भयको भन्दै , अस्पतालमा पैसा कमाउने नियतले गरीयका मानवीयता बिरोधि अपराध संग जोडीयका तथ्यहरु प्राप्त भयकोले तत्काल सुधार नगरे अन्य कारबाहीको प्रक्रिया चालिने चेतावनी समेत दीयको छ । उक्त ज्ञापन पत्रमा भनियको छ हाल बेडमा उपचाररत बिरामी कल्पना थापा दाङ ,दीलु भुर्तेल बर्दिया , पबित्रा जैसी रुकुम र भरत परीयार कालिकोटको उपचारमा गम्भीर त्रुटि गरीयको र अब उपरान्त अब हुने उहाँहरुको उपचार मेडिकलले नै बेहोर्नुपर्ने, यदी कोहि बिरामिले हात खुट्टा गुमाउनु परेमा आजिवन जिवनयापनको जिम्मा मेडीकलले नै लिनु पर्ने र उपचारमा प्रयोग भयका रडको बिल हरु र भ्याट बिलहरु बिरामिका आफन्तलाइ नै बुजाउनुपर्ने माग राखदै ज्ञापनपत्र पेश गरेको हो ।

छुटाउनुभयो कि ?

TOP