काठमाडौं १६ मा एमालेको चुनावी प्रचार-प्रसार तिब्र

काठमाडौं । काठमाडौंको १६ नम्बर वडामा उपनिर्वाचनको प्रचार र घरदैलो अभियानलाई नेकपा एमालेले तीब्र बनाएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा अध्यक्षको पदका लागी नेकपा एमालेको तर्फ बाट स्थानीय जनता बीच राम्रो घुलमिल भएको सबैले रुचाएको आफ्ना मतदाताको मन कसरी जित्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान भएका जनताको दुःखसुख बुझेर हुर्किएका स्थानीय नेता लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी रहेको छ ।

पार्टीको केन्द्र, जिल्ला र स्थानीय पार्टी संयुक्त रुपमा चुनाव प्रचारमा देखिएको छ । आज विहान मात्रै म्हेपी अजिमा मन्दिर बाट सुरु भएको घरदैलो कार्यक्रम बहती पोखरी , निर्मल लामा मार्ग हुँदै म्हेपी पार्टी प्रचार-प्रसार कार्यालयमा पुगेर घरदैलो अभियान सम्पन्न गरेको छ ।

घरदैलो अभियान कार्यक्रमा स्थानीयहरुको राम्रो सहभागिता रहेको र काठमाडौँ -१६ नेकपा एमालेको लालकिल्ला भएकाले यो पटकको स्थानीय तहको उपनिर्वाचनमा अध्यक्ष पदका उम्मेवार लक्ष्मीरत्न तुलाधरको जित निश्चित रहेको म्हेपिका स्थानीय बासिन्दा सुरेश महर्जन बताउछन। एमालेको पक्षमा यसरी मतदाता उर्लिको देखेर हामी निकै उत्साहित भएका छौं उनले थपे।

चुनाव प्रचारमा पार्टीका केन्द्रीय नेताहरुपनि हिड्नुभएको छ । पूर्वमेयर विद्यासुन्दर शाक्य,समेत चुनाव प्रचारमा खटेर लाग्नुभएको छ । यस वडामा १० वटा मतदान बुथ रहेको छ । प्रचारलाई प्रभावकारी बनाउन सबै बुथहरुमा प्रचार कार्यालय स्थापना गरिसकेका छ।

छुटाउनुभयो कि ?

TOP