काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जातजातिलाई भड्काएर संसदमा रोटी सेक्ने काम बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले राजनीतिको मैदान खुला रहेको बताउँदै धम्की र हिंसात्मक गतिविधिबाट मात्रै राजनीति हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।
आफू एउटा अभियन्ताले जितेको, टेलिभिजनमा कार्यक्रम चलाउने मान्छे गृहमन्त्री भइसकेको बताउँदै देशमा आपसी सदभाव भड्काएर आगो बाल्ने काम बन्द गर्न आग्रह गरे ।
देशमा माओवादीले समावेशी र समानुपातिक प्रणाली विकासको गरेको प्रधानमन्त्रीको भनाइप्रति कटाक्ष गर्दै शाहीले आफ्नो मन्त्रिपरिषद्को फाइल पल्टाएर हेर्न आग्रह गरे ।