ओलीज्यु, राजा र हिन्दुराज्य फर्काउने बाटोमा जादै हुनुहुुन्छः उपाध्यक्ष युवराज ज्ञवली

काठमाडौं । नेकपा एमालेका उपध्यक्ष युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी शार्मा ओली हिन्दु राज्य र राजा फर्काउने बाटोमा जान लाग्नु भएको आरोप लगाउनु भएको छ । कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने र संविधान संसोधन गर्नेसहितका विषय बाहिरीयछि उनले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिदै बाम गठबन्धनको सरकार चुनावसम्मै टिकाउनुपर्ने धारणा राखेका छन् । उनले अहिलेको सरकारले भ्रष्टारविरुद्ध राम्रै काम गरेको भन्दै पार्टी अध्यक्षलाई प्रधानमन्त्री बन्ने हो भने बाम गठबन्धनबाटै बन्नुपर्नेमा जोड दिए ।

“अहिलेको सरकार हामीले नै बनाएका हौं । यो सरकार बनेपछि देशको स्थिति केही राम्रो भएको छ । भ्रष्टारचारीहरु समातिदै गएको छ । अर्थतन्त्र केही सुधार हुँदै गएको छ । समस्याहरु अझैछन्, तर त्यो सुधार्न सकिन्छ । यो सरकार प्रचण्डले मात्रै बनाएको होइन, यो सरकार बनाउनुमा एमालेको मुख्य हात । केपी ओलीको मुख्य हात छ । कांग्रेस र दक्षिणतिरके छिमेकी नेपालमा कम्युनिस्ट एक भएको हेर्न सक्दैन । धेरै घटनाले पुष्टि गरेको छ । यहाँ सरका परिवर्तनभन्दा डरलाग्दो कुरा त संघीयता खारेज गर्ने, समावेशी समानुपातिक खारेज गर्ने देखि लिएर हिन्दु राज्यससम्मको कुरा आएको छ । हिन्दुराज्य ल्याउने भनेको नेपालमा राजतन्त्र फर्काउनेका कुरा हो । यो २०४७ सालको संविधान फर्काउने कुरा हो । म कुराको पक्षमा छैन ।” उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

कांग्रेस एमाले गठबन्धन अप्राकृतिक र मुलुकलाई द्वन्द्वमा धकेल्ने कुरा भएको दावी गरे ।

छुटाउनुभयो कि ?

TOP