काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा दुई प्रधानमन्त्रीबीच विगतमा भएका समझदारी एवं सम्झौताका विषयमा विचार-विमर्श भएको थियो।

प्रधानमन्त्री दाहाल आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। उनी आइतबार भारतको नयाँदिल्ली गएका थिए।

प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि छन्।

प्रधानमन्त्री दाहाल आज साँझ  स्वदेश फर्कने कार्यक्रम छ।