संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका ११ जना कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ प्रदर्शन गरेको छ ।

प्रदर्शन गर्ने नेविसंघका  ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

छुटाउनुभयो कि ?

TOP