काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक कांग्रेस सांसदहरुले अवरोध पुर्याएका छन् । बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरु वेल घेराउ पुगेका थिए । उनीहरुले ‘सहकारी पीडितलाई न्याय देु, ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन समिति गठन गर’ लगायत नारा लगाएका थिए ।
सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने, संसद्का विभिन्न कार्यसूची रहेको भन्दै कांग्रेस सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । तर, सभामुख घिमिरेको पटक(पटकको आग्रहलाई कांग्रेस सांसदहरुले नमानेपछि बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।