अर्धनग्न भएर माइतीघरमा सहकारी पीडितले गरे प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् ।सरकारलाई दबाब दिन पीडित महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन्।उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन्।

प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए।उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन्।

छुटाउनुभयो कि ?

TOP