शिक्षकहरुको माग तत्काल सम्बोधन हुनुपर्छ: सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् । नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका हुन् ।

“मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, मुलुककले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको सभापति देउवाले बताए ।

यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए ।

उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ । यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ । त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो । यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ । यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ ।’

सभापति देउवाले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । उनले कांग्रेसको विधान समावेशी समानुपातिक रहेको र पार्टीमा मुश्लिम समुदायबाट पनि ठूला–ठूला नेता रहेको उनले बताएका छन् ।

छुटाउनुभयो कि ?

TOP