२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ।
बुधबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले न्यायालय जाने निर्णय गरेको हो।
संविधानविपरीतका गतिबिधि सच्याउन कांग्रेसको भुमिका आवश्यक रहेकाले कानुनी उपचारमा जाने निष्कर्ष निकालिएको पार्टी उपसभापति धनराज गुरुङको भनाइ छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको समर्थनलाई बहुमत मान्दै मुख्यमन्त्री खगराज अधिकारीलेविश्वासको विश्वासको मत पाएको विश्वासको सभामुखको घोषणा विवादमा छ। उक्त घोषणाविरुद्ध कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइसकेका छन्।