काँग्रेस महाधिवेशनको अवसरमा नेपाल आएका जनसम्पर्क समितिका प्रतिनिधि तथा गैरआवासिय नेपालीहरु सँग गृहमन्त्री बालकृष्ण खाँडले विविध विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेका छन । हाल काठमार्डौमा उपलब्ध नेपाली जनसम्पर्क समितिका सभापति तथा महाधिवेसन प्रतिनिधि हरु एवंम गैर आवासिय नेपाली संघका प्रतिनिधिहरु सँग विदेशमा रहेका नेपालीहरुको समस्या,नेपालमा वैदेशिक लगानीको सुरक्षा आदि विषयमा छलफल गरेका हुन । उक्त विषयमा विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिका सभापति तथा महाधिवेशन प्रतिनिधिहरु साथै एनआरएनका प्रतिनिधीले आफुहरुका समस्या र नेपाल सरकारले सम्बोधन गर्नुपर्ने विषयमा जानकारी गराएका थिए । उक्त अवसरमा एनआरएनएको निर्वाचनको सन्र्दभमा पनि छलफल भएको थियो ।

धेरैले नेपाल आउदा विमानस्थलमा हुने झन्झटलाई सहज बनाउनु पर्ने,दोहोरो नागरिकताको विषयमा टुंगो लगाउनु पर्ने,वैदेशिक लगानीको सुरक्षा हुनुपर्ने ,अबर मुलुकहरुमा नेपाली चेलीले भोग्दै आएका पीडा तथा तीनका समस्याहरुलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने जस्ता विषयहरु उठाएका थिए । विदेशमा रहेका नेपालीका साझा समस्याको विषयमा घनिभुत छलफल भएको र धेरै विषय तत्काल सम्बोधन गर्न गृहमन्त्रीले सचिवलाई ठाडो आदेश गरेको जनसम्पर्क समिति क्यानडाका सस्थापक सभापति तथा महाधिवेशन प्रतिनिधी बुद्धि प्रकाश ओलीले जानकारी दिए । सबै देशहरु बाट साथीहरुले कुरा राख्नु भयो,मैले क्यानडाको बिषयमा कुरा गरे,धेरै बिषयमा तत्काल् समाधान गर्न गृह सचिबलाई गृहमन्त्रीले निर्देशन समेत दिनुभयो ओलीले हाम्रा खबर सँग भने । विमानस्थलमा हुने विभिन्न झन्झड ,दोहोरो नागरिकता,विदेशमा नेपाली श्रमिमको विषय र त्यहाँका दुतावासले चाल्नुपर्ने कमदको विषयमा सरकारको ध्यानार्कषण समेत गरिएको ओलीले बताए ।

एनआरएनए र जनसम्पर्क समितिको संयोजनमा काठमाडौँको कुनै ठाँउमा नेपालकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।यो विषय सम्बोधन गर्न एक हप्ता भित्रै काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीले आदेश समेत दिएका छन । तत्काल नेपालकै ठुलो अस्पताल स्थापना गर्न सकिने ठाँउ कहाँ छ खोजेर जानकारी गराउन मन्त्रीले तीन जिल्लाका प्रजिअलाई आदेश गरेका हुन । यदि ठाँउ मिलेका खण्डमा तत्काल काम सुरु हुने जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले जानकारी दिए ।