राजकुमार श्रेष्ठ (अभियान्ता- वैज्ञानिकस माजवाद निर्माण अभियान)
भर्खरै स्थानीय निर्वाचनको मतदान प्रक्रिया सकिएको छ । चुनावले गाउँघरका खसी–बोका र कुखुरा पनि रित्तो पारेको छ । टोलटोलमा वियर र गोल्डेनवर्कका रित्ता बोतलहरु वेवारिसे बनेका छन् । आम मतदाताहरुले फेरि पाँच वर्ष आफूलाई लुट्ने प्रतिनिधिको छनोट गरेका छन् ।
हामी अहिले पुँजीवादी व्यवस्थामा छौं । पुँजीवाद प्रतिनिधिमूलक व्यवस्था हो । यो व्यवस्थामा आम नागरिकलाई आफ्नो प्रतिनिधि छान्ने अधिकार हुन्छ तर आफ्नो प्रतिनिधित्व आफैले गर्ने अधिकार हुँदैन । यो पुँजीवादी व्यवस्थाको सीमा हो । तर जनताको चाहना यो होइन । जनताको चाहना त आफ्नो राजनीतिक अधिकारको प्रयोग आफै गर्नु हो । जनता आफ्नो राजनीतिक निर्णयाधिकार अरुलाई सुम्पन चाहदैनन् । तर पुँजीवादी राजनीतिक प्रणालीमा जनताको यो अधिकार पूरा हुनसक्दैन । त्यसका लागि वैज्ञानिक समाजवादमा जानुपर्छ । अब यो लुट्ने र लुटिने प्रणालीलाई वैज्ञानिक समाजसवाद निर्माण गरेर मात्र विस्थापित गर्न सकिन्छ ।
चुनाव निकै महंगो बन्दै गएको छ । चुनाव जित्न घरघरमा खसी ढाल्नुपर्छ । युवाहरुलाई खसीको सपेटासँगै वियरले वेसरी मताइदिनुपर्छ, वियरले नै मुख चुटिदिनुपर्छ र वियरलै नुहाइदिनुपर्छ । त्यतिले मात्रै पुग्दैन, बाइकमा तेल हालिदिनुपर्यो । रहेकको खल्तीमा पाँच हजारदेखि माथि पैसा हालिदिनुपर्यो । त्यति नभै अब चुनाव जित्न संभवै छैन । यसरी पैसाको खोलो बगाएर चुनाव जितेपछि उसले जनताको काम किन गर्ने ?
वास्तवमा अहिलेको चुनाव प्रणाली असफल भइसकेको छ । यो चुनाव प्रणालीप्रति जनताको कुनै विश्वास देखिन्न । ‘चुनाव आएपछि नेताहरु हात जोड्दै जनताको घरदैलोमा पुग्छन् । यो गर्दिन्छु र त्यो गर्दिन्छु भन्छन् तर चुनाव जितेर गएपछि फर्केर आउँदैनन् । के भोट हाल्नु ।’ यो आम मतदाताहरुको साझा धारणा हो । तर उम्मेदवादरहरुको पनि आफ्नै बाध्यताहरु छन् । चुनाव निकै महंगो बन्दै गएको छ । चुनाव जित्न घरघरमा खसी ढाल्नुपर्छ । युवाहरुलाई खसीको सपेटासँगै वियरले वेसरी मताइदिनुपर्छ, वियरले नै मुख चुटिदिनुपर्छ र वियरलै नुहाइदिनुपर्छ । त्यतिले मात्रै पुग्दैन, बाइकमा तेल हालिदिनुपर्यो । रहेकको खल्तीमा पाँच हजारदेखि माथि पैसा हालिदिनुपर्यो । त्यति नभै अब चुनाव जित्न संभवै छैन । यसरी पैसाको खोलो बगाएर चुनाव जितेपछि उसले जनताको काम किन गर्ने ? उसले महंगोमा किनेको भोट पाँचवर्ष सक्दो बेच्छ र सावाव्याज असुल्छ । त्यो उसको बाध्यता हो । त्यसकारण यो निर्वाचन प्रणालीको विकल्प आवश्यक भएको छ ।
हामी (वैज्ञानिक समाजसवाद निर्माण अभियानका सदस्यहरु) यो निर्वाचनमा सहभागी भएनौं । हामीले वैज्ञानिक समाजवादको घोषणापत्र जारी गरेर योे लुटतनत्रको विकल्प प्रस्तुत गरेका छौं । तर पनि म स्थानीय चुनावमा आफ्नै गाउँ गएँ (रामेछान नगरपालिका–१) । भोट हाल्न होइन, चुनावप्रति जनताको अनुभूति बुझ्न । मतदान केन्द्र वडा कार्यालयमा थियो । दिउँसो ११ बजेतिर मतदान केन्द्र पुग्दा भोट हाल्नेहरुको घुइँचो थियो । टन्टलापुर घामले निकै तिर्खा लाग्यो । म वडा कार्यालय परिसरमा पानी पिउन धारो खोज्दै थिएँ तर कतै भेटिएन । वडा कार्यालयमा खानेपानी नै रैनछ । अलिअलि रिस पनि पठिरहेको थियो । तत्कालै वडा अध्यक्षलाई मैले प्रश्न गरे– ‘अध्यक्ष्य ज्यु, हामीले वडा कार्यालयमा पानी खान पनि नपाउने ? पाँच वर्षमा तपाईले यति खानेपानीको व्यवस्था पनि गर्न सक्नुभएन ?’ अध्यक्ष्यको जवाफ थियोे– ‘बाबु मैले यति गर्न पनि नसकेकाले यो पटक चुनाव नै नलडेको । अब मभन्दा सक्षम अध्यक्ष्य आयो भने पानीको व्यवस्था गर्ला नी ।’ वडा अध्यक्ष एमाले पार्टीकै थिए । छेउमा उभिएको एकजना एमालेका सदस्यले प्याच्च बोलिहाले– ‘यो पटक जितेपछि चाहीँ पक्कै गर्छौं ।’ न नेतामा कुनै लाज थियो, न त कार्यकर्तामै ।
मैले एकजना आमालाई सोधेँ– आमा यहाँ पानी खान पाइदैन ? आमाले भन्नुभयो– ‘नानी यहाँ पानी खान त गाह्रै छ । अहिले चुनाव लागेको छ । यो बेला पानीको साटो बेयर खान पाइन्छ । वियरले नै नुहान पनि पाइन्छ ।’ आमाको जवाफले यो व्यवस्थाको गहिरो चित्रण गरेको थियो । सुन्दा चोटिलो व्यंग्यजस्तो लाग्यो आमाको यो जवाफ वास्तविकता बनिसकेको छ । कम्युनिस्ट पार्टीले नेतृत्व गरेको वडा सरकारको यो लाचारिपनाप्रति मतदाताहरुको मौनता भने निकै डरलाग्दो थियो ।
मैले वडा सचिवलाई पनि यही प्रश्न गरेँ । उनको जवाफ थियो– वडा कार्यालयमा पानीको आवश्यकतै छैन । किन चाहियो वडा पालिकामा धारा ? वडा सचिवको जवाफ सुनेपछि म एकजना पूर्व शिक्षकसँग पानी खोज्न गाउँ पसेँ । गाउँमा महिलाहरु ढोकोमा पानी बोकेर तातो घममा उकालो चढ्दै थिए । मैले एकजना आमालाई सोधेँ– आमा यहाँ पानी खान पाइदैन ? आमाले भन्नुभयो– ‘नानी यहाँ पानी खान त गाह्रै छ । अहिले चुनाव लागेको छ । यो बेला पानीको साटो बेयर खान पाइन्छ । वियरले नै नुहान पनि पाइन्छ ।’ आमाको जवाफले यो व्यवस्थाको गहिरो चित्रण गरेको थियो । सुन्दा चोटिलो व्यंग्यजस्तो लाग्यो आमाको यो जवाफ वास्तविकता बनिसकेको छ । कम्युनिस्ट पार्टीले नेतृत्व गरेको वडा सरकारको यो लाचारिपनाप्रति मतदाताहरुको मौनता भने निकै डरलाग्दो थियो । यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । अवस्था देशभरको उही हो ।
अब यही आफूलाई लुट्ने प्रतिनिधि छान्न पाउने व्यवस्थाको अभ्यास गरिरहेर हाम्रो जीवन फेरिदैन । जुगजुगदेखि काजी दमाइको दुख उस्तै छ । सुन्तली मगरको घरको छानो फेरिएको छैन । काइला बाहुनको दौरा फाटेको धेरै वर्ष वितिसक्यो । हरेक चुनावमा काजी दमाइ, सुन्तली मगर र काइला बाहुनको दुख साट्ने पैसाले हाम्रो उम्मेदवारहरुले भोट किन्नुपरेको छ । यो प्रणालीमा जनप्रतिनिधिले चुनाव जितेर गएपछि पाँचवर्ष जनताको काम गर्न सक्दैनन्, उनीहरुले पाँचवर्षको अवधिमा पहिला चुनाव लड्दा गरेको लगानीको सावाव्याज असुल्छ र बाँक समय अर्को चुनावको लागि पैसाको जोहो गर्छ ।
जनताको रगत चुसेर बाँचिरहेको यो पुँजीवादी व्यवस्थाको विकल्प के ? समाजवाद । तर समाजवाद मात्र भनियो भने त्यो अमूर्त हुन्छ । पुँजीवादी व्यवस्थाको विकल्प समाजवाद हो भन्न थालिएको दुई सयवर्ष वितिसकेको छ । त्यसकारण अब पुँजीवादको समानान्तरमा वैज्ञानिक समाजवादको सम्पूर्ण पक्षहरु निर्माण गरेर मात्र यसको समाधान दिन सकिन्छ । पुँजीवादी व्यवस्थाको समानान्तरमा समाजवादी व्यवस्थाको निमार्ण गर्नको लागि ५ तत्वहरुको आवश्यकता पर्दछः (१) विचारधारा, (२) संगठन, (३) अर्थतन्त्र, (४) सेना र (५) राजनीतिक सत्ता । यी साधनहरुको निमार्ण गरेर हामी पुँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने महान अभियानमा छौं ।
इतिहासमा समाजवादी क्रान्ति पश्चात मात्रै समाजवादको निर्माण गर्ने कार्यक्रम बनाइएको थियो । अब एक पटक क्रान्तिपूर्व नै समाजवादको निर्माण गर्ने कार्यक्रमलाई कार्यान्वयन गरेर हेरौं । समाजवाद आकासबाट खस्ने चिज होइन । न यो सिंहदरबारबाट डेलिभरी हुने वस्तु हो । यो त समाजसवादीहरुले मिलेर आफ्नो युगको सम्पूर्ण ज्ञान–विज्ञान र स्रोतसाधनको उपयोग गरेर निर्माण गर्दै जाने विषय हो । अब हामीले निर्माण गर्ने समाजवाद विगतको जस्तो मानव श्रममा आधारित हुनेछैन । यो विज्ञान–प्रविधिमा आधारित हुनेछ । अव बन्ने समाजवाद राज्यको नियन्त्रणमा पनि हुनेछैन । यो समाज नियन्त्रित हुनेछ । त्यसैगरी अब बन्ने समाजवादमा राज्यको नभएर समुदायको स्वामित्व हुनेछ ।
हाम्रो अभियान प्रमुख उत्पादक शक्तिका रुपमा आएको विज्ञान–प्रविधिलाई व्यापक उपयोग गर्दै पुँजीवादी अर्थतन्त्रको समानान्तरमा समाजवादी अर्थतन्त्रको निर्माण गर्ने अभियानबाट सुरुवात भएको छ । त्यसका लागि हामीले ‘वैज्ञानिक समाजवाद निर्माण अभियान’ को मातहतमा रहनेगरी साइन्स सोसाइटी बनाएका छौं । साइन्स सोसाइटीमा सम्पूर्ण अभियान्ताहरुको स्वामित्व रहन्छ र यसमा जोडिएका सम्पूर्ण सदस्यहरुले अनिवार्य उत्पादन प्रक्रियामा सहभागी हुनुपर्ने कार्यविधि बनाइएको छ । साइन्स सोसाइटीले अर्थतन्त्रको सम्पूर्ण पक्षमा काम गर्नेछ ।
अर्थतन्त्रका चार तत्वहरु हुन्छन्– उत्पादन, विनिमय, वितरण र उपभोग । अभियान कमिटी र साइन्स सोसाइटीले संयुक्त रुपमा देशभर आफै उत्पादनको काम गर्नेछ । उत्पादित वस्तुहरुको विनिमय गर्ने संयन्त्र पनि आफ्नै स्वामित्वभित्र हुनेछ । त्यसैगरी आफ्नो उत्पादनको बजारिकण गर्ने संयन्त्र र उपभोग गर्ने संयन्त्रसम्म आफै निर्माण गर्नेछ । समाजवादी अर्थतन्त्र निर्माण गर्ने कार्यभार पूरा गर्नका लागि देशभर हजारौं सार्वभौम उत्पादन समूहहरु निर्माण गर्नुपर्ने हुन्छ र यी सम्पूर्ण सर्वभौम युनिटहरुलाई एउटै सञ्जालमा जोडेर अन्तरनिर्भर अर्थतन्त्रको निर्माण प्रक्रियाको सुरुवात गर्न सकिन्छ ।
अर्थतन्त्रका चार तत्वहरु हुन्छन्– उत्पादन, विनिमय, वितरण र उपभोग । अभियान कमिटी र साइन्स सोसाइटीले संयुक्त रुपमा देशभर आफै उत्पादनको काम गर्नेछ । उत्पादित वस्तुहरुको विनिमय गर्ने संयन्त्र पनि आफ्नै स्वामित्वभित्र हुनेछ । त्यसैगरी आफ्नो उत्पादनको बजारिकण गर्ने संयन्त्र र उपभोग गर्ने संयन्त्रसम्म आफै निर्माण गर्नेछ । समाजवादी अर्थतन्त्र निर्माण गर्ने कार्यभार पूरा गर्नका लागि देशभर हजारौं सार्वभौम उत्पादन समूहहरु निर्माण गर्नुपर्ने हुन्छ र यी सम्पूर्ण सर्वभौम युनिटहरुलाई एउटै सञ्जालमा जोडेर अन्तरनिर्भर अर्थतन्त्रको निर्माण प्रक्रियाको सुरुवात गर्न सकिन्छ ।
भूमण्डलिकृत पुँजीवादी अर्थतन्त्र विज्ञान–प्रविधिको जगमा उभिएको छ र आफूलाई शक्तिशाली बनाउन सफल भएको छ, जसका कारण विश्वका करोडौं मानिसहरु रोजगारीबाट फ्याकिएका छन् र उत्पीडनमा परिरहेका छन् । अहिले विज्ञान–प्रविधि सीमित पुँजीपतिहरुको कब्जामा छ । तर यो उनीहरुको हातबाट खोस्न सकिन्छ । यसका लागि भूमण्डलिकृत समाजवादी अर्थतन्त्रको निर्माण गर्न आवश्यक छ । त्यसको लागि हामीसँग रोजगारीबाट फ्याकिएका बहुमत हिस्सा र प्रमुख उत्पादक शक्तिको रुपमा आएको विज्ञान–प्रविधि छ । यी दुई पक्षलाई जोडेर समाजवादी अर्थतन्त्र निर्माण गर्न सकिन्छ । यो युगको आवश्यकता हो । ‘त्यसकारण पूँजीमा आधारित वर्तमान सामाजिक व्यवस्था पूँजीवादको विरुद्धमा नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नु वर्तमान युगको अनिवार्य ऐतिहासिक आवश्यकता हो । पूँजीवादको विरुद्ध समानान्तर रुपमा समाजवाद अस्तित्वमा आएपछि तिनीहरुको बीचमा संघर्ष (द्वन्द्व) सुरु हुन्छ । यो संघर्षबाट पूँजीवाद क्रमशः कमजोर र विखण्डित हुँदै जान्छ र समाजवाद सबल र संगठित हँुदै जान्छ । अन्ततः महान समाजवादी क्रान्तिद्वारा पूँजीवादको अन्त्य र समाजवादको पूर्ण विजय हुन्छ ।’ (वैज्ञानिक समाजवादको घोषणापत्र)
भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरु एक होऊँ !