काठमाडौं । काठमाडौं महानगरपालिकाले बसन्तुपुरमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काउने तयारी गरेको छ।
२०७२ को भूकम्पले क्षति पुर्याएको यो भवन टेको लगाएर राखिएको छ। ‘रेड जोन’मा परेको उक्त विद्यालयको संरचना आगामी आर्थिक वर्ष भत्काउने योजना छ।
काठमाडौं महानगर वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले संस्कृत विश्वविद्यालयको भवन भत्काउने तयारी गरिएको जानकारी दिए। ‘रेड जोनमा परेको उक्त विद्यालय भवन भत्काउनुपर्छ भनेर धेरै पहिले नै योजना बनाइएको थियो,
‘ उनले भने, ‘पुरातत्व विभागले नै भत्काउने भनेपछि लागत अनुमान गरेको थियो। तर भत्काउन एक करोड लागत अनुमान निस्किएपछि बजेट जगेडा नभएर विभाग पछि हटेको थियो। अर्कातिर विद्यालय त्यतिकै टेको लगाएर राख्दा दुर्घटना होला भनेर पनि वडाबाटै भत्काउन उनले पहल लिएको उनी बताउँछन्।