ललितपुर। ललितपुरमा हेर्दै अनौठो लाग्ने इनार भेटिएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर – ६ , गुजीवहाल स्थित वैश वर्ण महाविहार संगै रहेको एक इनार अहिले चर्चामा रहेको छ ।
असी वर्ष पुरोनो इनार गुजीवहालका एक स्थानीय व्यापारीले विक्रम संम्बत २००२ साल तीर आफ्नो घर निर्माण गर्दा घरको भुइँ तलामा बनाएका थिए ।
यो ईनारको निर्माण शैली भने अन्य इनार भन्दा फरक रहेको छ । घरको भुइँ तलामा रहेको इनार घरको झ्याल जस्तो देखिन्छ यसलाई नजिक बाट नियाल्दा मात्रै इनार रहेको थाहा पाउन सकिन्छ ।
यो इनार कुनै सार्वजानिक स्थानमा भने छैन , यस इनारका जानकार एक स्थानीय वासिन्दा रविन्द्र शाक्यले मिडिया दैनिकलाई भने अनुससार त्यो वेला व्याक्तिगत सौखका लागी उनैको हजुरवुवाले इनार निर्माण गराएका थिए , उनि थप्छन – हजुर वुवा एक प्रख्यात व्यापारी हुनुहुन्थ्यो, ६ ,महिना ल्हासा र ६, महिना नेपाल बस्नु हुन्थ्यो, यो इनारको पानी सिधै हजुरवुवाको बैठक कोठामा निकाल्न मिल्ने गरी घर निर्माण गरिएको थियो ।
अहिले पनि इनार संगै निर्माण गरिएको घरको संरचना जस्ताको तस्तै देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस