विमानस्थलको सुचारु भए पछि टीकापुरमा सम्भावनाको ढोका खुलेको छ: मन्त्री पाण्डे

टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरेका छन्।

बिहीबार  सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव  २०८१ को समुद्घाटन समारोहमा सम्बोधन गर्दै टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री पाण्डेले लामो समय पछि पुन सुचारु भएको विमानस्थलले टीकापुरको सम्भावनाको ढोका खोलेको भन्दै टीकापुरमा अन्य सम्भावना पनि बढेको उनको तर्क थियो ।

टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पना अझै पूरा नभएको बताउँदै उनको परिकल्पना अनुसार टीकापुर बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । देशलाई स्थायित्व दिन नै दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै स्थायित्वले मात्र देशको विकास हुने उनको भनाइ थियो।

छुटाउनुभयो कि ?

TOP