कक्षा १२ को परिक्षा भोलिदेखि सुरु, ४ लाख ९१ हजार विद्यार्थी सहभागी

काठमाडौँ । कक्षा १२ को परिक्षा यही बैशाख १४ गते शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी र बाँकी ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएउअनुसार ।
््बैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङरमुस्ताङमा एकरएक वटा परीक्षा केन्द्र तोकिएको छ ।

छुटाउनुभयो कि ?

TOP