काठमाडौँ । प्रमुख सत्ताघटक नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका निराधान भएको बताएका छन् । बानेश्वरको एक होटलमा २०८१ ०८२ को बजेट निर्माणका लागि भएको पूर्वअर्थमन्त्रीहरुको भेलामा बोल्ने क्रममा उनले सानो आकारको बजेट ल्यान सुझाव दिंदै वर्तमान सरकारको स्थायित्वबारे राजनीतिक अस्थिरता चाहनेहरुले निराधार हल्ला फैलाएको बताए ।
उनले हल्लाहरूको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गरे । उनले भने, यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’