काठमाडौं । इलाम दुईका उपनिर्वाचनमा एमालेका तर्फबाट चुनावी मैदानमा होमिएका सुहाङ नेम्बाङले एमाले पहिचान विरोधी पार्टी नभएको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले एमाले विरुद्ध भ्रम फैलाउन पहिचान विरोधी भन्ने प्रचार गरिएको उनको दावी छ ।
एमाले कहिल्यै पनि पहिचानविरोधी हैन । एमालेविरुद्ध ठूलो भ्रम फैलाउने काम भएको छ । एमालेले सँधै आदिवासी, जनजातिका हक अधिकार सुनिश्चित गर्ने काम गर्दै आएकै छ । उनले प्रश्न गरेका छन्, महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति बनाउने मुख्य जिम्मेवारी कसले निर्वाह गर्यो ? त्यो एमालेले गरेको हैन र ? एमाले पहिचानको पक्षधर हो भन्ने कुरा मतदातालाई सबै थाहा भएको उनले बताए ।
अब मतदाता आनावश्यक हल्लाकोपछि नलाग्ने भन्दै पहिचानवादी मत एमालेकै पोल्टामा आउने पक्का छ भएको दावी सकेत गरे। एमाले सबै जातजाति, भाषाभाषीको पहिचान र संस्कृति विकास र प्रवर्द्धनमा सँधै सक्रिय रहेको उनको भनाइ छ ।
इलाम दुईको निर्वाचन यही १५ गते हुँदैछ । सेतोपाटीले गरेको एक अनुसन्धानमा उनी चुनाव जित्ने उम्मेदवारको पहिलो सूचीमा परेका छन् । दोस्रोमा कांग्रेसका उम्मेदार डम्बर कार्की र तेस्रोमा रास्वपाका मिलन लिम्बु छन् भने सबैभन्दा चर्चामा रहको स्वतन्त्र तर्फका उम्मेदवार डेकेन्द्रसंग थेगिम चौथो स्थानमा परेका छन् ।