प्रधानमन्त्री दाहाल र कतारी अमिरबीच वान टु वान भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ। काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर अल थानीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

उनीहरूबीच अहिले वा टु वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। वान टु वान भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। त्यसक्रममा विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर हुने बताइएको छ।

प्रधानमन्त्री दाहालले आज दिउँसो कतारी अमिरको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आज फर्कनेछन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका उनलाई बिदाई गर्न पनि राष्ट्रपति पौडेल विमानस्थल जानेछन्।

छुटाउनुभयो कि ?

TOP