अध्यादेश राजनीतिक सहमतिमा ल्याइएको होः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिका आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए ।

मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध नभएकाले लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभइ नेपालको भएको मन्त्री पुनको भनाइ थियो ।

छुटाउनुभयो कि ?

TOP