भ्रष्टाचार मुद्दामा सफाइ पाएका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौं । नेपापल सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई जम्मेवारी दिने निर्णय गरेको थियो । हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा सचिव थिए ।

छुटाउनुभयो कि ?

TOP