भारत भ्रमणको तयारीमा जुटे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । सोही तयारीका लागि हाल युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु राणा पुस ३ गते दिल्ली पुग्दैछिन् ।

पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुने राणाले दिल्लीमै विदेशमन्त्री एस।जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

भेटका क्रममा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा आवश्यक छलफल गर्ने बताइएको छ ।

परराष्ट्र स्रोतका अनुसार २०२५ जनवरीको पहिलो वा दोस्रो साताभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन गरी तयारी थालिएको छ ।

छुटाउनुभयो कि ?

TOP