लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो, काठमान्डुसँग १८ रनले पराजित

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ ।

बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो ।

बलर जमेको दिन लु्म्बिनीले जितमा लागि एक सय चार रनको सामान्य लक्ष्य पछ्याएपनि सफल हुन सकेन । लुम्बिनी १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको हो ।

काठमाडौँका बलर चम्किएको खेलमा लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। यस्तै उन्मुक्त चन्दले १४, सूर्य तामाङले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौँका कस्तान करण केसीले चार विकेट लिए । उनी पुरै चार ओभर बलिङ गर्दै १६ रन खर्चिए। यस्तै दिपेश कडेलले तीन तथा जेराल्ड इराससमले दुई र रसिद खानले एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए।

डन डथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाए । बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिए। यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिनुभयो ए। काठमाडौँको यो दोस्रो जित हो ।

जितसँगै चार खेलबाट चार अङ्क बनाएको काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ । काठमाडौँले प्ल अफ पुग्ने सम्भावना बलियो बनाएको छ । ६ खेलमा पाँचौँ हार खेपेको लुम्बिनी दुई अङ्क जोडेदै बाहिरिएको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ ।

लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स आठ अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । बुधबार नै भएको खेलमा सुदूरपश्चिमले जनकपुर वोल्ट्सलाई ७२ रनले हराएको थियो ।

सुदूरपश्चिमसँग हारेसँगै अपराजित यात्रामा पूर्ण विराम लागेको जनकपुर आठ अङ्क सहित दोस्रो स्थानमा छ । पाँच खेलबाट समान ६ अङ्क बनाएको चितवन राइनोज र कर्णाली याक्स क्रमशस् तेस्रो र चौथो स्थानमा छ ।

छुटाउनुभयो कि ?

TOP