खाडी देशहरूमा परेको भारी वर्षाको मारले घातक आकस्मिक बाढी आउनुका साथै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरूमा असर पारेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले आफूले निकै चुनौतिपूर्ण अवस्था सामना गरिरहेको जनाएको छ। विमानस्थल क्षेत्रमा पानीको भेल पसेकाले विमानस्थलले केही यात्रुहरूलाई त्यहाँ आइनहाल्न भनेको छ।
त्यहाँ अचानक आएको बाढीमा आफ्नो कार परेपछि एकजनाले ज्यान गुमाएका छन्। ओमानमा आइतवारयता पछिल्लो विपद्मा परेर १९ जनाको मृत्यु भएको विवरण छ। बुधवार दुबईका लागि र त्यहाँबाट उड्ने तय गरिएका झण्डै २९० उडानहरू रद्द गरिएको फ्लाइट अवेर डेटाले साँझको जीएमटी समय ९ बजे जनाएको छ। उसको विवरणमा थप ४४० उडानहरू थप ढिलो भइरहेको उल्लेख छ।
गत वर्ष मात्र उक्त विमानस्थललाई ८ करोड यात्रुहरूले प्रयोग गरेका थिए जुन अमेरिकाको एट्लान्टापछि दोस्रो हो। विमानस्थलले सामान्य अवस्थामा फर्कन केही समय लाग्ने भन्दै सजग गराएको छ।