म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४ ३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई लेगको खेल समग्रमा ४(४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

रियलको मैदानमा भएको पहिलो लेग ३(३ को बराबरीमा सकिएको थियो भने गएराति सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १(१ को बराबरीमा सकिएको थियो ।

रियलका लागि रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले बराबरी गोल गरेका थिए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा जानुपरेको थियो ।

 

 

छुटाउनुभयो कि ?

TOP