‘अर्थतन्त्रको आकार बढ्दै गएको छ । तर सो अनुपातमा जसरी राजश्व संकलन बढ्नुपर्ने हो, त्यो बढ्न सकेको मैले पाएको छैन’, उनले भने ।
आफूले यो विषयलाई गम्भीर रुपमा लिएको भन्दै पौडेलले भने, ‘सामान्य हिसाबले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सम्भव छैन ।’
मन्त्री पौडेलले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने जस्ता काममा लाग्न आग्रह गरे ।
करको दायरा विस्तार गर्ने, करदाता मैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने र कर छली रोक्न सक्रियता अपनाउन आवश्यक रहेको पनि उनले बताए ।
मन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको र सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका कारण स्रोतमाथि दबाब बढिरहेको बताए ।