नेकपा एमालेको काठमाडौं महानगर कमिटिका सचिवालय सदस्य, कोष तथा लेखा विभागका संयोजक जीवन मानन्धरसँग महानगरभित्रका समस्या र समाधानबारे एमाले कमिटीले खेलिरहेको भूमिकाका सम्बन्धमा गरिएको छलफलको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
काठमाडौं महानगरभित्र एमाले अहिले पनि बलियो नै छ । २०७९ निर्वाचनमा एमालेले मेयरमा पराजय भोग्नु परेकाले कमजोर भयो भन्ने बुझाइ धेरैको छ । एमाले एकातिर अरु सबै अर्कोतिर भएका कारणले हाम्रो पार्टीले हार्न पुग्यो । तर जनमतका हिसाबले एमाले अहिले पनि महानगरमा पहिलो पार्टी हो । वडाहरुको कुरा गर्दा पहिला १८ सिट जितिएको थियो भने अहिले १२ सिट जितिएको छ । मेयर एउटा हुयिमका कारण हामीले गुमायौं तर उपमेयर एमालेकै छ । त्यो पनि लोकप्रिय मतसहित । पार्टी विभाजनको असर, पार्टीभित्रैका साथिहरुको असयोग र भ्रामक प्रचार पराजयको अन्य कारण थिए ।
एमालेकै पालामा बनेका पुलहरुमा गमलामा फुलेका फुलहरुको बोट राखेर उहाँले दुई दिनका लागि रमिता देखाउने काम भने गर्नुभएकै हो । पुल बनाउने एमालेले केही गरेन जस्तो प्रचार भयो, तर त्यही पुलहरुमा गमलामा फुल सजाउने बालेन्द्रले उत्पातै गरेको जस्तो प्रचार भयो । तर अहिले तपाई मिडियाका साथिहरुले गएर हेर्नुभयो भने ती गमलाका फुलहरु सुकेर खंग्रङ्ग भएका छन् ।
अहिले बालेन्द्र शाह मेयर हुनुहुन्छ । उहाँले धेरै काम गर्नुभयो भनेर हल्ला पनि भएको छ । तर यथार्थमा उहाँले त्यस्तो उल्लेख्य केही गर्नुभएको छैन । अहिलेभन्दा विद्यासुन्दर शाक्य मेयर हुनुहुँदा विकासका धेरै काम भएका थिए । हामीले प्रचार गर्न भने नसकेकै हो एमालेकै पालामा बनेका पुलहरुमा गमलामा फुलेका फुलहरुको बोट राखेर उहाँले दुई दिनका लागि रमिता देखाउने काम भने गर्नुभएकै हो । पुल बनाउने एमालेले केही गरेन जस्तो प्रचार भयो, तर त्यही पुलहरुमा गमलामा फुल सजाउने बालेन्द्रले उत्पातै गरेको जस्तो प्रचार भयो । तर अहिले तपाई मिडियाका साथिहरुले गएर हेर्नुभयो भने ती गमलाका फुलहरु सुकेर खंग्रङ्ग भएका छन् । तीनचार दिन गमलामा फुलेको फुल राखेर सजाएको सबैले खिचेर हाले तर अहिले सुकेको फुल कसैले खिच्दैन । त्यो पनि खिचेर हाल्नुपर्यो नि । जनताले कर तिरेको पैसाले फुलेको फुल गमलामा राखेर दुई दिन सजाउन त जसले पनि सक्छ नि । त्यसलाई नियमित पानी हाल्नुपर्यो । बाह्रै महिना फुल्ने बनाउन पर्यो नी । आखिर त्यो त दिगो विकास भएन नी । त्यो स्थानीय जनताले तिरेको पैसा मात्रै स्वाहा भयो । त्यतातिर हाम्रो मिडियाको ध्यान किन जाँदैन मैले बुझेको छैन ।
अर्को सामाखुसीको ढलको विषय छ । सामाखुसीको ढल उत्खनन गरेको विषयले बालेन्द्र शाहको धेरै नै वाहीवाही गरियो । त्यो उत्खनन गरेको राम्रै थियो । तर अहिले त्यो ढल व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएर बसिसक्नु छैन । त्यो व्यवस्थापन किन नगरेको ? त्यो बाटो हिड्नसमेत नसकिने अवस्था छ भने स्थानीय कसरी बसेका होलान् । अहिले स्थानीयले पाएको दुख कुनै मिडिया खिच्न जाँदैन । मिडियाहरुलाई मेरो आग्रह छ– एक पटक ढलको दुर्घन्धको पनि खिचेर प्रसारण गरिदिनुस् । मेयरसाबले भत्काउने काम धेरै नै गर्नुभयो तर भत्काएर त्यतिकै छोडिदिदा जनताले धेरै दुख पाइरहेका छन् । वास्तवमा महानगरका मेयरले स्टनवाजी मात्रै गरिरहेका छन् ।
जनताले आवाज किन उठाएन भन्ने लाग्न सक्छ । तर जनताले यो अस्तव्यस्तता विरुद्ध धेरै आवाज उठाइरहेका छन् । बरु मिडियाले जनताको आवाजलाई प्रशारण नै गरिरहेका छैनन् । डोजरले भत्काउँदा ओइरो लाग्ने मिडिया अस्तव्यस्त परेको अवस्था र जनताले दुख पाएको किन खिचेन ? अहिलेको यथार्थ पनि मिडिया बाहिर ल्याइदिए महानगरलाई सतर्कता हुन्थ्यो । भत्काएका ठाउँमा व्यवस्थापन गर्नुपर्ने रैछ भन्ने महसुस गथ्र्यो । सम्पूर्ण मिडियालाई म यो आग्रह गर्न चाहन्छु ।
तपाईहरुले अघि प्रश्न गर्नुभयो– ढलको व्यवस्थापनको अधिकार क्षेत्र महानगरको हो की केन्द्र सरकारको ? ढलको उत्खनन र व्यवस्थापन दुवै महानगरको अधिकार क्षेत्रभित्र पर्छ । त्यसकारण पनि ढलहरुको व्यवस्थापन नभएर स्थानीयले जुन दुख पाइरहेका छन्, त्यसको दोषी महानगर हो । बाहिरका मान्छेलाई लागेको छ, अरुले भत्काउन नसकेको बालेनले भत्कायो । तर भत्काएर स्थानीयले पाएको दुख बाहिरकाले बुझेका छैनन् ।
माथि हामीले ढल र गमलाका फुलहरुमा भएको दुरुपयोगबारे थोरै चर्चा गर्यो । कुरा यति माात्रै छैन । न्युरोडको कथा झन धेरै पिडादायक छ । न्युरोड हाम्रो बाजेहरुकै पालादेखिको बजारको हब हो । देशभरबाट व्यपार गर्न आउने केन्द्र न्युरोड नै हो । न्युरोड होलसेल, रिटेल सबै कुरा पाउने बजार हो । अहिले न्युरोडमा सामान किन्न आउनेहरुले पार्किङ कहाँ गर्ने ? जनताले एकलाईन मात्रै पाकिर्«ङ गर्न देऊ भनेको हो । एक लाइन पार्किङ गरेर के विग्रिएको थियो ? पहिला ३–४ लाइन पार्किङ गरिएकै थियो । अहिले महानगरले काठमाडौं भ्यू टावरमा पार्किङ गरेर न्युरोड जा भनिरहेको छ । अहिले काठमाौं मलमा पार्किङ गरेर न्युरोड सामान किन्न जाँदा घण्टाको २५ रुपैया तिर्नुपर्छ । रंजना गल्लीमा गएर मोटर साइकलमा दुई झोला समान किनेर १० मिनेटमा हिड्ने व्यापारिलाई पार्किङका कारणले दुई घण्टा लाग्ने भयो । होलसेलमा भारिका भारी सामान किन्न आउने व्यापारिले गाडि पार्किङ गर्न नपाए पछि के मा लाने ? व्यापारिले पार्किङमा तिरेको पैसा र समय सामानमा जोडेर ग्राहकलाई बेच्छ । यसले ५०० मा पाइने सामान ५५० पर्नजान्छ । मारमा त जसरी पनि सर्वसाधारण पर्यो नि । यो कुरा बुझ्नु पर्दैन महानगरले ?
यदि यो सबै गर्ने नै हो भने सबै ठाउँमा पार्किङ फ्रि गर्नसक्नुपर्छ । त्यसो गर्न सक्छ ? हाम्रो पार्टीको महानगरसँग यही माग हो । सर्वसाथरण र स्थानीयको पनि यही माग हो । तर महानगरले पार्किङका नाउँमा निर्माणको काम नै नसकिएको धरहरामा, पुरानो बसपार्कको टावरमा जबर्जस्त पार्किङ गराएको छ । यसले निर्माणको काम प्रभावित गर्छ । यस्तो नमिल्ने थुप्रै काम महानगरका अहिलेका मेयरले गरिरहेको छ ।
विद्यासुन्दर शाक्य मेयर हुँदा कामै नभएजस्तो गरी प्रचार गर्न खोजिन्छ । तर उहाँको पालामा भित्री सडकहरु थुप्रै पिच गरिएको थियो । योजनामा कामहरु भएका थिए । उहाँले स्टनबाजी कहिल्यै गर्नुभएन । आनावश्यक पैसा खर्च गर्नुभएन, बरु भैपरि आउँदा चाहिन्छ भनेर जोगाउनु भयो । अहिले त्यही पैसा जथाबाबी खर्च भइरहेको छ । फाइदा केही भएन ।
महानगरको १६ नम्बर वडामा पर्ने विष्णुमति खोलाको पुलले धानेन भनेर अर्को पुलको ठेक्का भएको आज १० वर्ष भइसक्यो । तर पुल बनेको छैन । पप्पु कन्स्ट्रक्सनले पारेको छ भन्ने सुन्नमा आएको छ । त्यसका लागि महनगरले किन पहल गर्दैन ? महानगरले लड्नुपर्यो नि माथि ।
तपाईहरुले महानगरको व्यथितिका बारेमा एमालेले किन बोलेन भन्नुभयो । सबैभन्दा धेरै बोलेको र संघर्ष गरेकै यस विषयमा एमालेले हो । हाम्रो पार्टीबाट जितेका वडा अध्यक्षहरुनै न्युरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर संघर्ष गरिरहनु भएको छ । न्युरोडका घर स्थानीय बासिन्दा कै हो । उनीहरुको एउटा व्यवसाय घरभाडा हो । अहिले पार्किङ समस्याले व्यवसाय घट्यो र धेरै घरहरु खाली भएका छन् । जताततै टुलेट लेखिएको छ । देशमा वेरोजगारीको यतिठूलो समस्या छ । महानगरको यो हर्कतले न्युरोडमा धेरैको रोजगारी खोसिएको छ ।
हाम्रो एमाले पार्टीको महानगर कमिटीले यस्ता थुप्रै विषयमा विरोध गर्दै आएको छ । मेलम्ची खानेपानीको विषयमा डेलिकेसन जाने सन्दर्भ होस्, लम्की रोग लाउँदा हामीले नै पहिला आन्दोलन र सरकारलाई डेलिकेशन बुझाएको हो । त्यसपछि सरकारले किसानलाई राहात दिने कुरा गरेको हो । हामीले महानगरभित्र फुटपातको व्यपारिलाई हटाउन अघि व्यवस्थापन गर्नुपर्छ भनेर लडिरहेका छौं । यो राजधानी हो । देशभरबाट यहाँ केही व्यवसाय गरेर खाउँ भन्ने हुन्छ । अहिले गाउँघरमा रोजगारी छैन । खेतीपाती छैन । सरकारले सिंचाइ दिन सकेको छैन । रोजगारी दिन सकेको छैन । यहाँ फुटपातमै भएपनि व्यवसाय गरेर छोराछोरी पढाउने र जीविका धान्ने काम गरिरहेका थिए । हाम्रो पार्टीेको नारा के हो भने महानगर धनीको मात्रै होइन, गरिबको पनि हो । उसले पनि यहाँ जिउने अधिकार चाहिन्छ । यसको अर्थ फुटपातमा व्यपार गर्न दिने भनेको होइन, उनीहरुलाई अन्त व्यवस्थापन गरेर मात्रै हटाउ पाइन्छ भनेर हाम्रो महानगर कमिटि अहिले लडिरहेको छ । हामीले गरिब देखिनसहने महानगर खोजेका होइनौं, सहजिकरण गर्ने महानगर खोजेका हौं ।
अहिले महानगरसँग ठुलो योजना केही देखिएको छैन । सडक छेउमा ब्लक छाप्ने काम पहिले नै भइसकेको थियो । अहिले त्यही ब्लक उक्याएर नयाँ छापिरहेको छ । जुन आवश्यक नै होइन । आनावश्यक पैसा सक्काउने काम हो यो । गर्नुपर्ने काम धेरै छन् । गल्लीमा बत्ती राख्ने काम गर्दैन महानगर । गल्लीहरुमा अहिले लुटपाट बढिरहेको छ, त्यसमा मतलब छैन महानगरलाई । गल्लीमा सिसिटीभी राखोस् न । मेन सडकमा बत्ती राख्ने काम सडक विभागको हो । महानगरले गर्नुपर्ने गल्लीका सडकहरुमा हो । हाम्रा छोरी–बुहारी हिड्न डरमर्दो छ ।
यस्ता विक्रिती महानगरमा मात्रै होइन, देशभर छ । कांग्रेससँग गठबन्धन गरेर बनाएको सरकारले त देश डुबाइसकेको थियो नी । अहिले एमालेले नयाँ गठबन्धन बनाएर देशको रेस्क्यु गर्दै छ । डामाडोल भएको अर्थतन्त्र अब विस्तारै ट्रयाकमा आउँदैछ । अब नेपाललाई साच्चै नै समृद्ध बनाउने हो भने एमालेको बहुमतको सरकार बन्नैपर्छ । नत्र केही हुनेवाला छैन । जनताले बुझिसकेका छन् एमाले नआइ विकास हुँदैन भन्ने । बेलाबेला हुइम आउँछ । ०६४ सालमा पनि एमाले पराजित भएकै हो । तर अब एमालेको बहुमत आउँछ, देशले काँचुली फेर्छ । देश मजाले बन्छ ।
बाम एकता गरौं, पार्टी एकता नगारौं
देश बन्ने भने के हो ? भन्ने तपाईको प्रश्न गर्नुभयो । देश भन्ने भनेको विकास गरेर हो । एमालेका सरकार हुँदा सबैतिर उत्साह थियो । यो समस्या थियो ? तपाईहरुनै भन्नुस् न । कति बाटो बन्या, कति हाइड्रो पावर बन्यो । सबै एमालेकै नेतृत्वमा बनेको हो । एमालेले हाइड्रो नबनाएको भए, लोडसेडिङ कहाँबाट अन्त्य हुन्थ्यो ? एमालेको सरकार हुँदा यसरी युवाहरु विदेश गएका थिए ? अहिले हेर्नुस् न युवाहरु देख्नै छोडिसके । त्यसलाई कसरी फर्काउने ? एमालेको बहुमतको सरकार बनेको दिन ती युवाहरु स्वदेश फर्कन्छन् । कसरी भन्नुहोला एमाले आउने वित्तिकै देशमा उद्योगधन्दा धेरै खुल्छन् । हाम्रो विदेशीयका एनआरएनहरुलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्यो । उद्योग त उहाँहरुले खोल्छन् नी । सरकारले निजी क्षेत्रलाई सहजिकरण गर्नुपर्छ । एमालेको सरकार नहुँदा उद्योगीहरुले लगानी नै गर्न डराएका छन् । बैंकमा लोन लिने मान्छे छैन । सरकारको पोलिसी कै कारण यो सबै समस्या आएको छ ।
हाम्रो अध्यक्ष केपी शर्मा वली देशका लागि अहिले पनि १८ घण्टा खटिरहनु भएको छ । यहाँ देश बनाउनका लागि यो उमेरमा पनि अध्ययन गर्नुहुन्छ । उहाँले देशका लागि १८ घण्टा दिनसक्नु हुन्छ भने हामीले पनि देशका लागि ८ घण्टा दिनसक्नु पर्यो । अनि देश बन्छ । तपाई मिडियाहरुले पनि देशका लागि काम गर्नुपर्छ । अहिले बढी व्यवसाय भयो । देशका लागि के गर्नुपर्छ भन्ने बारे आम नागरिकले सोच्नुपर्यो । एमाले पार्टी अब त्यो बाटोमा जान्छ । विगतमा पार्टी एकताले तीन वर्ष अलमलको अवस्था सिर्जना गरेको थियो । पुन आ–आफ्नै पार्टीमा फर्केपछि अहिले एमालेका कार्यकर्ता एकढिक्का बनिसकेका छन् । अहिले बाम एकताको कुरा चलिरहको पनि छ । त्यो ठिक छ । मेरो भनाइ के हो भने बाम एकता गरौं, पार्टी एकता नगरौं भन्ने छ । कम्युनिष्टलाई पार्टी एकता फापेन नी । बामहरुको सिद्धान्त एउटै भएर सहकार्य चहीँ बामबीचमा नै हुनुपर्छ । पार्टी आआफ्नै चलाउनुपर्छ । यसो गरियो भने कम्युनिस्टलाई नेपालमा कसैले हल्लाउन सक्दैन । देश बन्छ ।