काठमाडौंमा एमालेको चुनावी सभा, लक्ष्मीरत्नलाई पार्टी र स्थानीयको बलियो साथ

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंको वडा नम्बर १६ मा उपनिर्वाचनको तयारीका लागि चुनावी सभा सम्पन्न गरेको छ ।

यही मंसिर १६ हुने उपनिर्वाचन जित्ने रणनीतिस्वरुप काठमाडौं महानगरपालिका–१६ मा भव्य चुनावी सभा सम्मन्न गरेको हो । चुनावीसभामा बोल्दै प्रमुख अथिति नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले लक्ष्मीरत्न तुलाधरलाई भारी मतले जिताउन सम्पूर्णलाई एकढिक्का भएर लाग्न निर्देशन गरे । उनले भने, यो महानगरको सबैभन्दा ठूलो वडा हो । यो वडामा चुनाव जित्ने कुरा निकै महत्वपूर्ण छ । विगतलाई विर्सेर होल टिम लक्ष्मीरत्नलाई जिताउन लाग्नुस् । एमालेले जित्दा देशले जित्छ, देशले जित्न एमालेले जित्नुपर्छ । गत निर्वाचानमा ४ सदस्य जितेर अध्यक्षमा मात्र एमालेले किन हार्यो ? यसको कारण खोज्न सकियो भने एमालेलाई कसैले हराउन सक्दैन ।

अर्को पोलिट्व्युरो सदस्य आनन्द पोखरेलले नेतृत्व र नेताको रक्षा गर्न पनि १६ नम्बरको चुनाव जित्नै पर्ने धारणा व्यक्त गरे । एमालेका अर्का प्रभावशाली नेता कृष्ण राईले यो चुनावी सभा मर्निङ सो द डे भएको बताए । उनले सभालाई पुर्व सन्ध्याको सफलता भएको र यसलाई मतदान गर्ने दिनसम्म टिकाउनुपर्ने धारणा राखे । म सबै कमरेडहरुलाई अनुरोध गर्न चाहन्छु कि यहाँ उम्मेद्बार लक्ष्मीरत्नको मात्र हैन सिङ्गो एमालेको हो, सुर्यको हो ।

लक्ष्मीरत्नलाई उपमेयर सुनिता डंगोलको साथ चुनावी सभालाई हौसला दिन पुगेका काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले चुनाव जित्न पार्टीका सम्पूर्ण कमरेडहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, यो सभामा सबैको अनुहारमा खुसी देखेको छु । खुसीलाई निरन्तरता दिन चुनाव जित्नुपर्छ । चुनाव जित्न हामी एकताबद्ध हुनुपर्छ । हामी एकजुट भयौं भने चुनाव जितिन्छ । मेरोतर्फबाट पनि भरपुर प्रचार हुनेछ ।

पार्टीको शीर झुक्न दिने छुइन चुनावी सभामा बोल्दै १६ नम्बर वडाका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले आफूले कहील्यै पनि पार्टीको शीर झुक्ने काम नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले भने, जनहितका सबै काममा अग्रसर हुन्छु । हाम्रो पार्टीको नीतिसँग, कार्यक्रमसँग र सिद्धान्तसँग जोेडेर जनताको घरमा हामी पुग्नुपर्छ । म पार्टीको शीर झुक्न दिन्न । पार्टीको कार्यक्रमलाई शीरमा राखेर, साथिहरुको भावनासँग जोडिएर काममा लाग्छु । उनले सबै कमरेडहरुले सर्वसम्मतीले उम्मेदवार चुन्नु भएकोमा आफू भावुक भएको बताए ।

एमालेका अर्का नेता जीवन मानन्धरले आन्तरिक कारणले विगतमा चुनाव हारेको स्मरण गर्दै यो पटक विगतका सबैकुरा विर्सेर अगाडी बढ्ने प्रतिवबद्धता गरे । त्यसैगरी १६ नम्बरका पार्टी कमिटि अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गरेका जयप्रकाश श्रेष्ठले विगतको समिक्षा गर्दै यो पटकको चुनावमा लक्ष्मीरत्न तुलाधरलाई अत्यधिक बहुमतले विजय गराउने उद्घोष गरे ।

कार्यक्रम वडा कमिटिका सचिव रणेन्द्र मतहले संचालन गरेका थिए । एमालेले कामनपा– १६ को उपनिर्वाचनमा सर्वसम्मतीमा पुराना, पाका र वैचारिक नेता लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार उठाएको छ । गत निर्वाचनमा चार सदस्य जितेर पनि अध्यक्षमा पराजित भएको एमालेले यो चुनावलाई अवसरको रुपमा हेरेको छ । साथै काठमाडौंका सबै नेता–कार्यकर्ता १६ नम्बर वडामा केन्द्रित भएका छन् ।

छुटाउनुभयो कि ?

TOP