सिन्धुलीको मुलकोट र खुर्कोट बजारमा सुनकोसीको बाढी पस्यो : बस्ती डुबानमा

सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका स्थित मुलकोट र गोन्जोर गाउँपालिकाको खुर्कोट बजारमा सुनकोसी नदी पसेको छ ।

नदीमा आएको बाढीले डुबाउँदा मुलकोटका पशुपति प्राविका साथै दर्जनौं घरहरू तथा रिसोर्ट डुवानमा परेका छन् ।

खुर्कोटमा बसपार्क, सशस्त्र प्रहरीको बेस क्याम्पका साथै दर्जनौं घर तथा होटलहरू डुबेका स्थानीय मनोज श्रेष्ठले बताएका छन् । उनले भने, ‘सुनकोसीको बाढी गाउँमा पसेको छ। बस्ती डुबानमा परेको भनेर रातीभर नै जागाराम बसेका छौं।’

सुनकोसी नदीमा पानिको बहाव उच्च रहेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सार्न भनिए पनि घर तथा होटलका सामानहरू निकाल्न सकिएको छैन । स्थानीय र प्रहरीले उद्धारको लागि पहल गरिरहेका छन्।

छुटाउनुभयो कि ?

TOP