पिता लक्ष्मीभक्त मानन्धर र माता हरिकुमारी मानन्धरको दोस्रो सुपुत्रको रुपमा २०२० सालमा काठमाडौंको नयाँबजारमा जन्मिएका जीवन मानन्धरको ६० वर्षको उमेरमा पनि १६ वर्षको जस्तो सकृयता छ । उनको बाल्यकाल सुखमै बित्यो । नयाँ बजारको चोक र गल्लीसँगै हुर्केका जीवन व्यवस्थापन विषयमा आइकमसम्मको अध्ययन गरेर १८ वर्षकै उमेरमा व्यावसायिक यात्रामा लागेका थिए । उनका पिताले स्थापना गरेको लक्ष्मी कन्स्ट्रक्सन (जुन अहिले क वर्गको कन्स्ट्रक्सन हो) बाट सुरु भएको उनको व्यावसायिक यात्रा आज पनि त्यसैमा निरन्तर छ ।
जीवन मानन्धरका पिता लक्ष्मीभक्त मानन्धर एक कर्मठ व्यक्ति हुनुहुन्थ्यो । वि.सं. १९९० सालमा जन्मनुभएका लक्ष्मीभक्तले युवा अवस्थामै सुरुवात गरेको कन्स्ट्रक्सनले परिवारलाई नै कर्मठ मात्रै बनाएको थिएन, एकताको सूत्रमा पनि बाँधेको थियो र अहिले पनि बाँधिरहको छ । जीवनले विद्यालयबाट अक्षर सिके तर घरबाट कर्म गरेर खान सिके, व्यावसायिक सीप तथा दक्षता हासिल गरे र समाज सिके । उनले धेरै कुरा घरपरिवारबाटै सिक्ने मौका पाए ।जीवन मानन्धरको घरमा आमा हरि कुमारी (वि.स.२००२–२०८०) को कुशल व्यवस्थापन थियो भने पिताको व्यावसायिक व्यवस्थापन । बुबाले बसालेको व्यावसायिक थिति आज पनि कायमै छ । वि.स.२०७८ मंसिरमा पिताको देहावसान भएपछि लक्ष्मी कन्स्ट्रक्सनको एमडी जेठो छोरा राजेन्द्र मानन्धर हुनुहुन्छ । माइला छोरा जीवन मानन्धर र कान्छो छोरा विजय मानन्धर डाइरेक्टर हुनुहुन्छ । “क” वर्गको यो कन्स्ट्रक्सनमा तीनै भाइको बराबर अधिकार छ । नाफा–घाटा तीनै भाइलाई बराबर भाग लाग्छ । जीवन मानन्धरको भनाइ अनुसार व्यवसायको नाममा दाजुभाइ बीच आजसम्म थोरै पनि खटपट छैन ।
४० वर्षको वैवाहिक जीवन
रमा डंगोलसँग प्रेममा रहेका जीवन मानन्धरको २०४१ सालमा विवाह भयो । छोरा जुमन मानन्धरको पनि रुमी कर्माचार्य मानन्धरसँग प्रेम विवाह भयो । अहिले छोरा इन्जिनियर छन् भने बुहारी कुमारी बैंकमा अफिसर छिन् । छोरी जुनी मानन्धर भने डाक्टर भएकी छिन् । उनले पनि डा. सौगात प्रधानसँग प्रेम विवाह गरेकी छिन् । छोरातर्फबाट १० वर्षको नातिनी रुजु मानन्धर र ३ वर्षको नाती जेभिन मानन्धर जन्मिएको छ ।
छोरीतर्फ नातिनि वर्तिका प्रधान ८ महिनाकी भइन् । जीवन मानन्धरको ६० वर्षको उमेरमा १६ वर्षको सकृयता निकै प्रशंसनीय छ । उनी भन्छन्– मेरो वैवाहिक यात्रा निकै सुखमय छ । कहिल्यै हामीले गुनासो गर्नु परेको छैन । आज भड्किलो जमाना छ । समाज र परिवार विघटनतर्फ उन्मुख छ । प्रेमहरू विच्छेदतर्फ उन्मुख छन् । अक्सर विवाहर प्रेम सँगै रहँदैनन् । विवाह गरेपछि प्रेम मर्दै जान्छ । तर हाम्रो विवाहपछिको प्रेम झन बलियो छ । प्रेम बढ्दै गएको छ । कहिल्यै पारिवारिक मायाको अभाव सहसुस भएको छैन ।
वैवाहिक जीवन र प्रेम जीवन सँगै–सँगै फुलिरहेको छ । मैले ४२ वर्ष निरन्तर व्यवसायमा बिताएँ । मेरी जीवन संगीनीले ४० वर्ष गृहणी जिम्मेवारी कुशलतापूर्वक बिताइन् । छोराछोरी उनैले हुर्काइन् । नाति तिना उनैले हुर्काउँदै छिन् ।
राजनीतिक यात्रा
रामबीर मानन्धरले २०४९ सालमा एमालेमा संगठित गरेपछि आजसम्म पनि जीवन मानन्धर निरन्तर पार्टीको एक इमान्दार सिपाही भएर काम गरिरहेका
छन् । उनी २०६४ सालमा काठमाडौं नगरपालिकाको १६ नम्बर वडाको वडा पार्टी सदस्य भए । २०७४ को पहिलो स्थानीय निर्वाचनमा निर्वाचित वडा सदस्य भए । २०७८ सालमा महानगर कमिटीको सचिवालय सदस्य तथा आर्थिक विभाग संयोजक, २०७९ सालको निर्वाचनमा काठमाडौंको ७ नम्बर निर्वाचन क्षेत्रको “क” बाट प्रदेश सांसदको उम्मेदवार
भए ।
२०८१ देखि पार्टीको काठमाडौं जिल्ला सदस्य निर्वाचित हुँदै हाल क्षेत्र नम्बर ७, “क” को संयोजक भएर काम गरिरहेका छन् । तपाई किन एमाले हुनुभयो भन्ने प्रश्नमा उनको जवाफ छ– देश विकासको हिसाबले एमालेका नेताहरू जस्तो भिजन मैले अरु पार्टीमा देखिनँ । एमालेले मात्रै देशको विकास गर्नसक्छ भन्ने लागेर म एमाले भएँ । देशको विकासमा एमालेको जति अरु पार्टीको योगदान छैन । एमाले विकास प्रेमी पार्टी हो । हाम्रा पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी ओलीजस्तो भिजन भएको नेता अरु छैन ।
सामाजिक क्षेत्रमा जीवन मानन्धर
-उनले ४१ वर्षदेखि कुमारी युवा क्लबमा आबद्ध रही समाज सेवामा जोडिएर २०७० देखि २०८० सम्म कुशलतापूर्वक अध्यक्ष भएर काम गरे । दश वर्षको कार्यकालमा ऋणमा भएको क्लबलाई ५३ लाख बचत गर्ने बनाउन सफल भए । – ५ वर्षदेखि हालसम्म म्हैपी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भएर काम गर्दै आएका छन् । उनको कार्यकालमा मन्दिरको भूक्षय रोक्न महानगरबाट १ करोड २५ लाख बजेट ल्याइ पर्खाल निर्माण कार्य सम्पन्न भएको छ । मन्दिर परिसरमा ४० वटा पोलसहित बत्ती जडान गरिएको छ । ६० लाख बराबरको नारायण मन्दिर प्रतिस्थापना भएको छ र प्रवेशद्वार निर्माण भएको छ । त्यसैगरि मन्दिर क्षेत्रभित्र वृक्षरोपण गरिएको छ। -उनी नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको बागमती प्रदेश उपाध्यक्षसमेत छन् ।
-लक्ष्मी कन्स्ट्रक्सनका डाइरेक्टर रहेका उनी नयाँ बजार मिनी मार्केटका संस्थापक छन् । त्यसैगरि नयाँबजार डिभाइन फिजिकल फिटनेश सेन्टरका डाइरेक्टर छन् । उनले नेपाल निर्माण व्यवसायी महासंघको ३ कार्यकाल केन्द्रिय सदस्य भई सम्मानसमेत प्राप्त गरेका छन् ।
नयाँबजार क्षेत्रमा कसैलाई समस्या प¥यो, ढल फुट्यो, सडक बिग्रियो, अन्याय प¥यो, बत्ती बिग्रियो, धारामा पानी आएन, गल्लीको बाटो छाप्नु प¥यो भने धेरैले सम्झने पात्र हुन्– जीवन मानन्धर । कोही बिरामी प¥यो भने १२ बजे राति पनि उनी आफ्नै गाडीमा बोकेर हस्पिटल पुग्छन् । उनी कसैले छोराछोरी पढाउन सकेनन् भने व्यक्तिगत छत्रवृित्त दिएर भए पनि सहयोग गर्छन् । उनले कुमारी क्लबबाट पनि गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था मिलाइदिएका छन् । कतै झगडा मिलाउनु प¥यो– जीवन । प्रशासनीतर बोल्नुप¥यो– जीवान । पार्टीलाई अप्ठेरो प¥यो– जीवन । अर्थात् सबैका साथी– कमरेड जीवन