काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको हो ।
प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
मेडिकल व्यवसायी प्रसाईंलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै आइतबार पक्राउ गरेको थियो।