काठमाडौं । राजधानीको नयाँबजारमा मदन भण्डारी स्पोर्टस् एकेडेमी, बागमति प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सम्पन्न भएको छ ।
एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अधिवेशनको उद्घान गरेका हुन् ।अधिवेशनलाई शुभकामना दिदै खेल क्षेत्रमा राम्रो गर्ने व्यक्तिले सबै क्षेत्रमा राम्रो गर्ने बताए ।
उनले भने,जबसम्म हाम्रो शरिर बलियो हुँदैन, तबसम्म मानोबल पनि बलियो हुँदैन । खेल क्षेत्रमा राम्रो गर्ने विद्यार्थी नै पढाइमा पनि राम्रो हुन्छ ।
समाजलाई अग्रगमनमा लैजान हामीले शारिरीक रुपमा बलियो, विचारमा बलियो नागरिक आवश्यक हुन्छ । त्यही उद्देश्यमा मदन भण्डारी फाउण्डेशनले स्पोर्टस् एकेडेमी, बौद्धिक मञ्च, कलासाहित्य प्रतिष्ठान स्थापना गरेका हौं । उनको भनाइ थियो ।
मदन भण्डारी फाउण्डेशनको विचार जनतासँग सुमधुर सम्बन्ध भएको मल्टी पार्टी डेमोक्रेसीले मात्रै देश बन्छ, त्यसैले हामीले जनताको बहुदलीय जनवाद भनेको नेता पाण्डेले बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ (क) का प्रदेश संयोजक जीवन मानन्धरले खेल जगतको विकास विना देशको विकास नहुने धारणा राखे । उनले नयाँ बन्ने कार्य समितिलाई कार्य सफलताको शुभकानासमेत दिए । यसै गरी यहि मंसिरमा हुने स्थानीय उपनिर्वाचनमा कामनपा -१६ का बारेमा पनि चर्चा गरेका थिए , कामनपा -१६ मा गत बर्ष वडा अध्यक्षका निधन भएका कारण अध्यक्षको पद रिक्त रहेको छ
कार्यक्रमको उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएकोमा कार्यव्यस्तताको कारण आउन नपाएकाले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कार्यक्रको उद्घाटन गरेका थिए ।
कार्यक्रमा युवाहरुले जोशिलो नित्य प्रदर्शन गरेका थिए । त्यसैगरी कार्यक्रममा युवाहरुको उपस्थिति बाक्लो थियो ।