काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आगामी १६ मंसिरमा गर्न सरकारलाई सुझाव दिएको छ ।
प्रमुख आयुक्त दिनेश थपलियासहित निर्वाचन आयोगको टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर निर्वाचनको मितिबारे छलफल गरेको थियो ।
हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ ।