पाँचवटा संसदीय समितिको आज बैठक बस्दै, प्रस्तावित राजदूतहरूको सुनुवाइ जारी रहने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ।

संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बस्न लागेको छ। आजको बैठकमा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।

त्यस्तै, बिहान ११ बजे नै संसदीय सुनुवाइ समितिको बैठक बस्ने छ। बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ।

यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने सूची रहेको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद् सचिवालयले जनाएको छ।

छुटाउनुभयो कि ?

TOP