नेशनल मोडेल सेकेण्डरीले राख्यो अभिभावकका लागि स्वास्थ्य शिविर

काठमाडौं । राजधानीको बालाजुस्थित नेशनल मोडेल सेकेण्डरी स्कुल र पिपल्स जनरल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर २०८० यही चैत्र १७ गते सम्मपन्न गरेको छ । विद्यालयका सम्पूर्ण अभिभावकको स्वास्थ्यका लागि यो शिविर आयोजन गरिएको थियो । यस शिविरले जनरल फिजिसियन, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, पेट, दन्तरोग र आँखा सम्बन्धी रोगहरुको विशेषज्ञहरुद्वारा स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरेको थियो ।

 नेशनल मोडेल सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सीपलः डीएन अधिकारीले विगतदेखि नै विभिन्न रचनात्मक कार्यक्रमहरु राख्दै आएको बताए । उहाँले भन्नुभयो, “हामीले यो स्वास्थ्य शिविर २०८० यस विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, दाजुभाइ, छरछिमेकको स्वास्थ्यलाई मध्यनजर राखेर पिपल्स डेन्टल हस्पिटलसँगको सहकार्यमा गरेका छौं ।” यस शिविरको माध्यमबाट स्त्रीरोग, नाक, कान, घाटी, आँखा, हाडजोर्नी, दन्त रोगलगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपल्ध गराए को र यस शिविरमा करिब दुई हजार अभिभावकहरु सहभागी भएको उहाँले जानकारी दिनुभयो ।

प्रिन्सिपल अधिकारीले स्कुलको सन्दर्भमा भन्नुभयो, ” नेशनल मोडेल सेकेण्री स्कुलको स्थापना २०५७ मा भएको थियो । सुरुवातमा दुई सय विद्यार्थी थिए । अहिले करिब ११६० विद्यार्थी छन् । हामी अभिभावहरुको सुझाव र सल्लाहलाई सिरोधार्य गर्दै यहाँसम्म आइपुगेका छौं ।” उहाँले पठनपाठनको सन्दर्भमा भन्नुभयो, “हाम्रो मानोविज्ञानका आधुनिक पद्धतिहरुलाई अपनाउँदै अत्यन्तै मायालु वातावरणमा पठनपाठन गराउँछौं । मोटिभेसनल काउन्सिलबाट हामी सफलताको यो उचाइसम्म आइपुगेका छौं । हामीले विद्यार्थीलाई पटनठापनसँगै नृत्य, गायन, संगीेत, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै समय दिएका छौं । यो स्कुल ‘संस्कारसहितको ज्ञान’ सिमाउनुपर्छ भन्ने मान्यता बाकेर अगाडि बढेको छ ।”


प्रिन्सिपल अधिकारीका अनुसार विगतमा यस विद्यालयले देशभरीबाट सहभागी हुनेगरी हेनराइटिङ महोत्सवसमेत गराएको थियो । यसमा यसै स्कुलका सुजन अधिकारी हेनराइटिङमा नेपाल टक र वल्ड सेकेन्ड भएको थियो । शिक्षा राज्यमन्त्रीबाट सम्मानित पनि गरियो । त्यसमा सयौं विद्यार्थी सम्मानित भएका थिए ।

छुटाउनुभयो कि ?

TOP