काठमाडौँ। सरकारले समुदायमा पाँच जनाभन्दा बढि झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको छ ।
इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सूचना निकाल्र्दै समुदायको एउटै वडा वा टोल वा वस्तीमा पाँच जनाभन्दा बढि झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको हो ।
गर्मी तथा वर्षयाममा झाडापखाला, हैजाका बिरामी बढेकाले महाशाखाले सेवा प्रदान गर्ने ९निजी तथा सरकारी० स्वास्थ्य संस्थाहरुलाई यस्तो आग्रह गरेको हो । महाशाखाका अनुसार ललितपुरमा ४१ ,काठमाडौँमा चार, कैलालीमा आठ र प्युठानमा दुई जना गरी ५५ जनामा हैजा पुष्टि भएको छ ।
महाशाखाले गर्मी तथा वर्षयामसँगै फैलने झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगहरुबाट बच्न शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।