सांसदहरुको एकै स्वरः टिआरसीमा सहमति जुट्नु विश्वका लागि उदाहरणीय

काठमाडौँ । सांसदहरुले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुकाबीचमा सहमती जुट्नु शान्ति स्थापनामा विश्वका लागि उदाहरणीय नमूना भएको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफलमा भाग लिँदै सांसदहरुले यस्तो बताएका हुन्।

सांसदहरुले टिआरसीमा राष्ट्रिय सहमती हुनु सकारात्मक र उदाहरणीय कार्य भएको बताएका छन्। बैठकमा बोल्दै जनता समाजवादी पार्टीकि सांसद रञ्जुकुमारी झाले नेपालले शान्ति स्थापनामा उदाहरणीय नमूना प्रश्तुत गरेको बताइन्। उनले सबै नेपालीहरु यसका लागि धन्यवादको पात्र भएको पनि बताइन्। उनले यो विधेयकले राष्ट्रिय सहमतीको संस्कार सुदृढ गर्न सुअवसर प्राप्त गरेको बताइन्।

उनले भनिन्, ‘टिआरसीले पुनः हामीलाई एकत्रित हुने, राष्ट्रिय सहमतीको संस्कार सुदृढ गर्ने सुअवसर दिएको छ। फेरि हामी राष्ट्रिय सहमतीको सुअवसरमा आएको छौँ। टिआरसीमार्फत् पुनः हामीले राष्ट्र र विश्वलाई सन्देश दिनसक्छौँ कि नेपाली हामी आफ्नो मौलिकतामा आधारित रहेर देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन गइराखेका छौँ।’

जनमत पार्टीका सांसद अब्दुल खानले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म भुमिका खेलेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिए। उनले मधेस विद्रोहको अगुवा तत्कालिन मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि सम्मान व्यक्त गरे। उनले पीडितलाई सम्बोधन गर्नेगरी विधेयक आएको बताए।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले विधेयकमा सहमती जुट्नु संसारकै नमुनाको रुपमा रहेको बताए। उनले पीडितले परिपुरणसहित न्याय पाउनेमा आशा व्यक्त गरे।

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले ०७२ सालको टिकापुर विद्रोहको घटनालाई पनि यही विधेयमा समावेश गरी बिना कसुर फरार सूचिमा परेका र बिना कसुर मुद्दा लगाएका राजबन्दीहरुलाई न्याय दिलाउन आग्रह गरे। उनले लाल आयोग प्रतिवेदन पनि यही विधेयकमा समावेश गरी लानुपर्ने धारणा राखे।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अल्पसंख्यकले बहुसंख्यकलाई शोषण र शासन गर्ने पुँजीवादी गणतन्त्र माओवादी जनयुद्धको लक्ष्य हो रु भनि प्रश्न गरे। उनले जनयुद्धको माग के हुन् ? सशस्त्र द्वन्द्वका नेताहरु को–को हुन् ? सशस्त्र द्वन्द्वका लागि लडाकु तालिम कहाँ भयो ? हातहतियार कहाँबाट प्राप्त भयो ? कुन–कुन माग पूरा भयो ? र कुन–कुन माग पूरा भएन ? भन्ने पनि स्पष्ट पार्नुपर्ने बताए।

स्वतन्त्र सांसद प्रभु साहले जनयुद्धका राजनीतिक मुद्दालाई हत्या गरेर शान्ति प्रक्रिया पूरा नहुने बताए। उनले नेपालको शान्ति प्रक्रियालाई धोका दिइएको टिप्पणी गरे। उनले सही काम नगरेर ढाँट्ने काम गरिएको बताए। नेताहरुले शान्तिको लागि काम नगरी आफ्नो लागि काम गरिरहेको बताए। नेपालमा इमान्दार नेताको कमी भएको उनको भनाइ छ। शान्ति प्रक्रियाको मुल आत्मलाई मारिएको उनको भनाई छ।

त्यस्तै, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई सम्झना गरे। उनले प्रमुख दलका शिर्ष नेताहरुको भुमिकाका कारण विधेयक आउन सफल भएको पनि बताए। उनले शान्तिको साथसाथै विकृति पनि आएको बताए। उनले ०६२/०६३ पछि नेपाल विदेशी शक्तिको खेल मैदान बनाइएको बताए। विदेशीलाई बोलाएर नेपाललाई द्वन्दको क्रिडास्थल बनाइएको उनको भनाई छ। उनले जनताको समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आग्रह गरे।

बैठकमा बोल्दै स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सशस्त्र द्वन्द्वका पीडितहरुले न्याय पाउँछन् भनेर आफू पहिलोचोटी संसदमा खुशी र भावुक भएको बताए। उनले संसदले गरिमामय काम गर्नुपर्ने भन्दै टिआरसीजस्तो काम आजसम्म कति पूरा ग¥यौँ भनेर प्रश्न गरे।

उनले नेपालमा माफिया र तस्करहरुले गरिबलाई तस्करीमा भरिया बनाएका भन्दै कारागार पुगेका निर्दोषहरुलाई पनि न्याय दिनुपर्ने बताए।

छुटाउनुभयो कि ?

TOP