काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५० हजार ८ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको हो ।
आज सुनको मूल्य सोमबारको तुलनामा २ हजार १ सय रूपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।