हामी नसुध्रिय बंगलादेशकोे अवस्था भोग्ने दिन आउनेछः नारायणकाजी श्रेष्ठ

काठमाडौं । बंगलदेशको राजनीतिक घटनालाई लिएर माओवादी नेता नारयणकाजी श्रेष्ठले आफ्नो फेकबुक पेजमा लेख्दै बेलैमा सचेत नबने नेपालका नेताहरुले पनि त्यही गति भोग्नुपर्ने बताएका छन् । उनको आफ्नो धारणा यसरी लेखेका छन्-

बंगलादेशमा करिब एक महिना देखि चलिरहेको बिद्यार्थी आन्दोलन ,सरकारद्वारा गरिएको निर्माण दमन र गोली प्रहारको परिणामस्वरूप एकै दिनमा १०० जना सहित ३०० जनाको मृत्यु र अंततः आम जनताको सहभागिता सहितको व्यापक जनआक्रोशको उत्कर्षको परिणाम स्वरूप १५ वर्ष देखिको प्रधानमन्त्री शेख हसिना राजको अन्त भएको छ ।

प्रम हसिना हिजो साउन २१ गते( 5th August ) पदबाट राजिनामा दिई विदेश पलायन भएपछि सम्पूर्ण विश्वले यतिबेला बंगलादेशको घटनालाई विभिन्न कोणबाट विश्लेषण गर्दै गम्भीरतापूर्वक अध्ययन गरिरहेका छन् ।हामीले पनि बंगलादेश ,छिमेकीहरु,क्षेत्र र विश्वमा यसले पार्ने प्रभावका बारेमा नजिकबाट अध्ययन विश्लेषण गर्नु पर्ने आवश्यकता छ ।

यस क्षणमा हामी विस्वसमुदाय सँगै बंगलादेशमा शान्ति , स्थिरता र लोकतन्त्रको पक्षमा रहन्छौ र त्यसको कामना गर्दछौं ।

सरकारले सीमा नाकाहरुकमा कडा निगरानी र सुरक्षामा ध्यान दिनु आवश्यक छ ।
हामीले अहिले नै बंगलादेशमा घटेको घटनाको सम्पूर्ण पाटापक्ष र यसले पार्ने प्रभावहरुका बारेमा निष्कर्ष निकाल्नु हतारो हुन सक्छ ।तर यसबाट निम्न शिक्षाहरू लिन भने अरु समय लिइरहनु आवश्यक छैन ।

सत्ता , शक्ति,दम्भ ,अहङ्कार,बदला र दमनले कसैलाई पनि सधैंभरी रक्षा गर्न सक्दैन। त्यस्तो पात्र , प्रवृत्ति र संयन्त्र स्थायी र टिकाउ हुन सक्दैन । अन्ततः सत्य र जनबलको नै जीत हुन्छ र त्यसको अघि सबैले झुकनैपर्छ । हामीले पनि समयमै यसलाई आत्मसात गरेर तदनुरूप आफूलाई फेर्न र प्रस्तुत गर्न सके मात्र जनताले हामीलाई रक्षा ,बल र शक्ति प्रदान गर्नेछन् ।अन्यथा त्यसको गम्भीर परिणामको सामना हामीले पनि गर्नै पर्ने हुन्छ ।

हामी नेपालका राजनीतिक पार्टी र तिनका नेताहरुले राष्ट्रिय स्वाधीनता एवम् नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा , राष्ट्रिय एकताको सुदृढीकरण ,संविधान एवम् लोकतन्त्रको रक्षा, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा आफूलाई रूपान्तरण सहित प्रस्तुत गर्नु आजको माग हो । यसलाई छिट्टै बुझौं र त्यस अनुसार व्यवहार गरौं। राजनीतिक पार्टीहरु र नेताहरू बदलिए तिब्र गतिमा नेपाल बदल्न सम्भव छ ।नेपाली जनताले अहिले निर्देश दिइरहेको पनि यही हो ,नेताहरू र दलहरु आफू बदलिऊ र देशलाई बदल र बनाऊ । यसलाई हलुको रुपमा नलिऔं।

छुटाउनुभयो कि ?

TOP