एमालेको परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठ (कार्यविभाजन सूचीसहित)

नेकपा एमालेले २०८१ को कार्ययोजना लागू गरेको छ। बिहीबार बसेको पार्टीको ३४ औं सचिवालय बैठकले नयाँ कार्यविभाजन गरेको हो।

एमालेले सातैवटा प्रदेशमा इन्चार्ज हेरफेर गरेको छ। त्यस्तै विभाग र जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि हेरफेर गरेको छ।

यसअघि फरक भूगोल कार्यक्षेत्र हुने गरी तय गरिएको कार्यविभाजन परिवर्तन गरी केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलमा खटाएको छ।

एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ। यसअघि उक्त विभागको प्रमुख राजन भट्टराई थिए। भट्टराई बागमती प्रदेशको इन्चार्ज बनेका छन्।

सचिव योगेश भट्टराईले संसदीय फाँटको विभागीय प्रमुखको जिम्मेवारी पाएका छन्। यसअघि उक्त विभागमा पृथ्वी सुब्बा गुरूङ थिए। सञ्चार मन्त्रीको जिम्मेवारी पाएका गुरूङलाई पार्टीमा जिम्मेवारी पाएका छैनन्। मन्त्रीलाई पार्टीको जिम्मेवारी नदिने नीति एमालेले यसपटक लागू गरेको छ।

त्यस्तै प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतम यथावत छन्। संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारी र स्कुल विभागमा प्रदीप ज्ञवाली पनि यथावत छन्।

जिम्मेवारीको सूचीः

छुटाउनुभयो कि ?

TOP