काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार करेक्सन देखिएको छ । साताको दोस्रो कारोबारको दिन बजारमा २० दशमलव ६३ अंकको करेक्सन देखिएको हो ।
अघिल्लो कारोबारका दिन बजार परिसूचक ११३ अंकले बढेर २ हजार ६ सय ८१ विन्दुमा उक्लिएको थियो । यस दिनको कारोबारपश्चात् बजार मापक २ हजार ६ सय ६१ दशमलव ०९ मा कायम छ ।
बजार घटे पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । सोमबार १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँबराबरका चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर दुई लाख २२ हजार ६६० पटकमा किनबेच भएको नेप्सेले जनाएको छ । जुन करिब ३ वर्षयताकै उच्च कारोबार हो ।
बजारमा करेक्सन देखिँदा नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रो, बाराही हाइड्रो, जानकी फाइनान्स, गणपति लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परेका छन् ।